थारु भाषाको म्युजिक भिडियो ‘तु म्वार छैली हो’ सार्वजनिक
Monday, September 22nd, 2025, 7:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ असोज
नवराज सुवेदीले निर्देशन गरेको ‘तु म्वार छैली हो’ बोलको थारु भाषाको म्युजिक भिडियो घटस्थापनको दिन पारेर सार्वजनि गरिएको छ । नेपालगन्जमा भएको कार्यक्रममा गीत सार्वजनिक गर्दै निर्देशक सुवेदीले बाँके राप्तीसोनारी गाउँपालिकाको पर्यटकीय दृश्यमा छायाँकन गरिएको बताउनु भयो । सुवेदी नेपालगन्जमा बसेर दशक देखि कलाकारिता क्षेत्रमा सक्रिय कलाकार तथा निर्देशक हुनुहुन्छ ।
उहाँले १ सय भन्दा बढी गीतको निर्देशन गरिसक्नु भएको छ । म्युजिक भिडियोले राप्तीसोनारीको पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा सघाउने निर्देशक सुवेदीले बताउनु भयो । उहाँले भन्नु भयो,‘ हामी निकै खुसी छौं । घटस्थापनाको दिनमा म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीतले माया प्रेमसँगै पर्यटकीय क्षेत्रलाई उजागर गर्न सहयोग गर्नेछ । आसा गरौं गीतले राम्रो सफलता पाउनेछ ।’
तु म्वार छैली हो गीतमा शब्द–संगीत एवम् निर्माता करण चौधरी गर्नु भएको छ । करण चौधरी र सिमरन परियारले गाएको गीतमा सगुन शाही र प्रियान्स चौधरीले डेब्यु कलाकारको रुपमा अभिनय गर्नु भएको छ । म्युजिक भिडियो सुटिङ राप्तीसोनारीको अगैया, चिलरिया, बैजापुर चोक लगायतका स्थानमा छायाँकन गरिएको छ ।
अहिलेको युवाहरुमा आउने भावलाई समेटेर गीत सृजना गरेको संगीतकार करण चौधरीले बताउनु भयो । आफु राप्तीसोनारीको बासिन्दाका भएकोले पनि आफनै क्षेत्रलाई चिनाउन म्युजिक भिडियो सुटिङ त्यहाँ गरिएको उहाँले बताउनु भयो । कलाकार प्रियान्स चौधरीले म्युजिक भिडियोमा पहिलो पटक काम गर्दा उत्साही भएको बताउनु भयो ।