अष्टमको कुल सम्पत्ति २ अर्ब १ करोड ८१ लाख ६४ हजार
Saturday, October 18th, 2025, 5:41 am
Kalpristha
अष्टम साना किसान कृषि सहकारीको २८औं साधारण सभा सम्पन्न
कृष्ण केसी
बाँके, ३१ असोज
अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेडले २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष देवबहादुर ओलीको अध्यक्षतामा भएको साधारण सभामा प्रमुख अतिथीको रुपमा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, विशिष्ट अतिथीको रुपमा एकता शाह, नेपाल कृषि सहकारी केन्द्रीय संघ सञ्चालक सदस्य देवबहादुर केसी, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय नेपालगञ्जका वरिष्ठ अधिकृत विदुर अर्यालको सहभागिता रहेको थियो ।

………..
साधारण सभाको उद्घाटन समारोहमा जिल्ला कृषि संघ बाँकेका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, सहकारी संजाल बाँकेका अध्यक्ष नन्दकुमार गडरिया, बाँके जिल्ला भर रहेका साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष एवं प्रबन्धकहरू, अष्टम साना किसान लिमिटेडका १४ वटा सेवा केन्द्रबाट प्रतिनिधित्व गर्नु भएका शेयर सदस्य एवं प्रतिनिधिहरूको सहभागितामा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

…………
उद्घाटन समारोहलाई सम्बोधन गर्दै बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले अष्टमलाई समृद्धिको मार्गमा लैजान आफूले सधै साथमा र सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनु भयो । जिल्ला कृषि संघ बाँकेका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले सहकारीलाई बदनाम गर्ने, सहकारीबाट लिएको कर्जा तिर्नु हुँदैन भन्ने अपवाह फैलाउने व्यक्तिहरुलाई कारबाही गरिनु पर्ने बताउनु भयो । सहकारीको विकासका लागि आफु सधै तप्पर रहेको उहाँले जानकारी गराउनुभयो ।
साधारण सभामा अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष देवबहादुर ओलीले आर्थिक वर्ष २०८१ र ० ८२ को प्रतिवेदन, लेखा समिति संयोजक कमान सिंह खनालले संस्थाका सकारात्मक पक्ष र तत्काल सुधार गर्दै लैजानु पर्ने सुझाव सहितको टिप्पणी प्रस्तुत गर्नु भएको थियो । सोही प्रस्तुतिकरणसँगै मुख्य प्रबन्धक हरिशचन्द्र केसीले आर्थिक वर्ष ०८२र ०८३ को नीति तथा कार्यक्रम र विगत आर्थिक वर्ष २०८१ र ०८२ मा सम्पन्न भएका कार्यक्रमहरू प्रस्तुत गर्नु भएको थियो ।
साधारण सभामा अष्टम साना किसान कृषि सहकारी संस्थाको वर्तमान वित्तीय अवस्थाको बारेमा जानकारी गराइएको थियो । अष्टमको हाल कुल शेरपुजी २१ करोड ८५ लाख ४० हजार, कुल बचत संकलन १ अर्ब ३० करोड १४ लाख ८७ हजार , कुल ऋण लगानी २ अर्ब १ करोड ८१ लाख ६४ हजार, जगेडा कोष १३ करोड ५९ लाख ५० हजार , यस आर्थिक वर्षको कुल चुक्ता पँुजी ४७ करोड ९२ हजार र कुल सम्पत्ति २ अर्ब १ करोड ८१ लाख ६४ हजार रहेको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
प्रस्तुत प्रतिवेदनमा भावी नीति तथा कार्यक्रममा अष्टमले उत्पादन गरेको अष्टम सिल्की राइस मिल दुध डेरीको व्यवसाय प्रवर्धनको लागि थप उत्साहजनक र ब्राण्डको रूपमा अष्टममा आबद्ध हुनुभएका शेर सदस्य १६ हजार २ सय २१ शेयर सदस्यको घर–घरमा अष्टम साना किसानले उत्पादन र प्रशोधन गर्ने, उत्पादनहरू घर–घरमा पु¥याउने दीर्घकालीन लक्ष्य राखेको छ ।