कार्कीको नेतृत्वमा युवा गैसस महासँघ बाँके नयाँ कार्यसमिति चयन
Thursday, October 30th, 2025, 8:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ कात्तिक
माधव कार्कीको अध्यक्षतामा युवा गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाको नयाँ कार्यसमिति चयन गरिएको छ । अध्यक्षमा चयन हुनु भएका कार्की बास नेपालका जनसम्पर्क अधिकृत हुनुहुन्छ ।
युवा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष नारायण गिरीको प्रमुख आतिथ्यतामा नेपालगन्जमा सम्पन्न जिल्ला भेलाले कार्कीको अध्यक्षतामा ९ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । शाखाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश डा. शिल्पिना बुढामगर, गणेश भट्टराई र मोहनलाल सोनकर चयन हुनु भयो ।
यसैगरी कार्यसमितिको सदस्यहरुमा क्रमशः शोभा थापा मगर, ऋतिक शाही, बिनिता चिडिमार, वंग बहादुर घर्ती क्षेत्री र अमरेश सिंह रहनु भएको छ ।
युवा गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका पूर्व अध्यक्ष अर्जुन कार्कीले सञ्चालन गरेको कार्यक्रममा बास नेपालका निर्देशक हेमराज भट्टले स्वागत तथा बाँकेमा युवासंस्थाहरुको अवस्थाको बारेमा बताउनु भएको थियो ।
यसैगरी गैसस महासंघ बाँकेका उपाध्यक्ष मन भण्डारीले युवा गैर सरकारी संस्थाले गर्ने कार्यमा गैरसरकारी संस्था महासँघ बाँकेको पूर्ण सहयोग र सहकार्य रहने बताउनु भयो ।
जिल्ला भेलाले युवा गैर सरकारी संस्था महासँघ बाँकेका पूर्ब अध्यक्ष अर्जुन कार्की, पुर्ब उपाध्यक्ष रेशम परियार र पुर्ब सहसचिव किरण गिरीलाई सल्लाहकारमा चयन गरेको छ । युवाको क्षेत्रमा काम गर्ने संस्थाहरुको छाता संगठनको रुपमा २०६५ सालमा स्थापना भई कार्यरत महासंघ युवा सरोकारका बिषयहरुमा देशभर आवाज उठाउदै आएको छ ।