धौलागिरीको नेपाल राष्ट्रिय आधारभुत विद्यालयको नयाँ भवनको शिलान्यास
Thursday, November 13th, 2025, 8:10 pm
Kalpristha
खजुरा, २७ कात्तिक २७
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ धौलागिरीस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको नयाँ तीन कोठे भवनको शिलान्यास गरिएको छ । खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान र उपाध्यक्ष मन्जु मल्लले विद्यालय भवनको शिलान्यास गर्नु भएको हो । खजुरा गाउँपालिका, विल्ड अन नेपाल र स्थानीय समुदायको साझेदारीमा निर्माण हुन थालेको ३ कोठे र २ कोठे भवनको बिहिबार देखि निमार्ण कार्यको शुरूवात गरिएको हो ।
सो अबसरमा समाजसेवी तथा शिक्षाप्रेमी शिव भण्डारीले विद्यालयको वृद्धि विकासका ५१ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नु भयो । उहाँले यस अघि पनि विद्यालयलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको थियो ।
कार्यक्रममा अध्यक्ष विक र उपाध्यक्ष मल्ल, वडा नम्बर ३ का वडा अध्यक्ष पूर्ण भण्डारीले खजुराको शैक्षिक विकासमा खजुरा अग्रसर भएको बताउँदै आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउन आग्रह गर्नु भयो ।
खजुरा शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल र पूर्व प्रमुख टंकनाथ दाहालले खजुरामा वातावरणमैत्री विद्यालयका रूपमा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय रहेको बताउनु भयो ।

……..

…..