‘द ब्ल्यू लाइट’ को पोस्टर सार्वजनिक
Tuesday, November 18th, 2025, 7:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २ मंसिर
बलिराम चौहान निर्देशित फिल्म ‘द ब्ल्यू लाइट’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक भएको पोस्टरको पृष्ठभूमिमा घर वा होटलजस्तो देखिन्छ ।त्यसअघि फिल्मका पाँच मुख्य कलाकारहरू महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशीलाई प्रस्तुत गरिएको छ ।
पोस्टरमा रहेका सबै पात्रमा नैराश्यता देखिन्छ ।
पाँचै जना पात्र निराश मुद्रामा छन् । फरक यति हो कि, महेशको हातमा बञ्चरो छ भने अरूको हात रित्तो छ । पात्रहरू तनावमा देखिए पनि त्यसको कारणबारे पोस्टर मौन छ । त्यसैले यसलाई तनावमा मौनता साँधिरहेका फिल्मका पाँच मुख्य पात्र भन्न सकिन्छ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको ‘द ब्ल्यू लाइट’ पुस १० गतेदेखि प्रदर्शनमा आउँदैछ ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानीको प्रमुख भूमिका रहेको छ । यसैगरी बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा हुनुहुन्छ । ‘द ब्ल्यू लाइट’ को सह–निर्मातामा रमन ग्रे रहनु भएको छ । छायांकन नरेन्द्र मैनालीले गर्नु भएको हो ।