नेपालगन्जमा चर्चित बनिरहेको ‘द रोयल युनिसेक्स सलुन’
Saturday, November 22nd, 2025, 5:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ मंसिर
पछिल्लो समय धेरै युवा पुस्ताको चाहना विदेश जाने रहेको छ । स्वदेशमा काम पाइएन, छैन भनेर धेरै युवाहरुले वैदेशिक रोजगारी नै रोजिरहेको अवस्था । तर यही अवस्थाकाबीच एक युवाले स्वदेशमै सम्भावना खोज्नुभएको छ । घरधन्दा चलाउन हरेक व्यक्तिले कुनै न कुनै प्रकारले आर्थिक जोहो गर्नुनै पर्छ । त्यसका लागि मानिस फरक फरक प्रकृतिको व्यवसाय संचालन गर्ने, व्यवसायमा स्वयं जागिरे हुने गर्छन् । त्यही भिडमध्येको एक युवा सुधा बास्तोलाले कपाल काट्ने व्यवसाय संचालन गर्नुभएको छ । स्वदेशमा नै सम्भावना खोज्दै उहाँले नेपालगन्जको न्यूरोडमा कपाल काट्ने व्यवसाय संचालन गर्नुभएको हो ।
उहाँले थालेको व्यवसायमार्फत पाँच जनालाई रोजगारीसमेत प्रदान गरिएको छ । स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने कुरा बास्तोलाले गरेको व्यवसाय र व्यवसायमा संलग्न कर्मचारीको अवस्थाले देखाउँछ । ‘पछिल्लो समय धेरै युवा युवतीको पहिलो रोजाई नै विदेश जाने कुरा रहेको पाउँछौं,’ बास्तोलाले भन्नुभयो, ‘तर स्वदेशमा नै थुप्रै उद्यम गर्न सकिन्छ । त्यसका लागि लगनशीलता र विश्वास चाहिन्छ ।’ आफुले स्वदेशमै केही गर्नुपर्छ भनेर नै यो व्यवसाय संचालन गरेको उहाँले बताउनुभयो ।

………..
‘म आफ्नै ठाउँमा नै केही गर्न सक्छु भन्ने लगानका साथ यो कार्य थालेको हो,’ उहाँले भन्नुभयो । यो व्यवसाय संचालन गरेर पाँच जनालाई स्थानीयस्तरमै रोजगारी दिन सफल भएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार व्यवसायबाट राम्रो कारोबार भइरहेको छ । ‘व्यवसाय राम्रो छ, अझ राम्रो बनाउने प्रयास जारी नै छ,’ उहाँले भन्नुभयो, ‘विश्वास नै सबैभन्दा ठुलो कुरा हो, हामीलाई धेरै जनाले माया गर्नुभएको छ ।’
नेपालगन्जमा उहाँले चलाएको कपाल काट्ने पसलमा भने महिला पुरुष दुबैले कपाल कटाउन सक्ने सुविधा रहेको छ । तर प्रायः महिला र पुरुषले छुट्टा–छुट्टै ठाउँमा कपाल काटाउनुपर्छ । तर बास्तोलाले संचालन गरेको पसलमा महिला र पुरुष जसले पनि कपाल कटाउन सक्छ । दक्ष व्यक्तिहरुबाट सेवा दिने गरिएको बस्तोलाको भनाई छ । ग्राहकलाई आवश्यक सेवा दिनका लागि कर्मचारीसँगै संचालक बास्तोला खटिनुहुन्छ । करिब १२ लाखको लगानी सलुनमा लागेको उहाँले बताउनुभयो ।
उहाँले न्यूरोडमा संचालन गरेको द रोयल युनिसेक्स सलुन आकर्षक बनाइएको छ भने सुपथ मुल्यमा कपाल सम्बन्धी सबै सेवाहरु उपलब्ध रहेको छ । कपाल काट्ने, हेयर स्टेट, क्याल्टिन स्टेट, न्यानोप्लाष्टिया, हेयर स्मुथिङ, बायो प्लष्टिया, कलर गर्ने, मेडि कियर, पेडी कियर, फेसियल तथा स्किन सम्बन्धी सेवा दिँदै आएको संचालक बास्तोलले जानकारी दिनुभयो । ‘कपाल र सौन्दर्यका लागि कसैलाई विश्वास गर्नुभन्दा अघि धेरै कुुराहरुमा ध्यान दिन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘त्यो कुरालाई ध्यान दिएर हामीले अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनबाट सेवा प्रदान गरिरहेका छौं ।’
उहाँका अनुसार मंसिरदेखि ब्रायडल, रिशप्सनसहितको मेकअपमा आकर्षक छुट प्रदान गरिएको छ । साथै पछिल्लो समय विदेश जान चाहने र स्वदेशमा केही गर्न चाहने युवाहरुका लागि तालिमहरुसमेत संचालन गर्ने गरिएको संचालक बास्तोलाले बताउनुभयो । दक्षता हासिल गर्न आउनेहरुलाई पनि आकर्षक छुट प्रदान गरिने बताउनुभयो ।

……….