प्रतिनिधिसभाको लागि बर्दियाबाट आरजु, किशोर सहित १० जनाको नाम सिफारिस
Friday, December 12th, 2025, 1:03 pm
Kalpristha
दीपकलाल श्रेष्ठ
बर्दिया, २६ मंसिर
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि बर्दिया क्षेत्र नं २ मा नेपाली कांग्रेसको तर्फबाट आरजु राणा देउवा र किशोर सिंह राठौर सहित १० जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ को कार्यसमितिले प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवारतर्फ नेपाली कांग्रेस केन्द्रीय सहममन्त्री किशोर सिंह राठोर सहित नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाको नाम सिफारिस गरेको छ । किशोर सिंह राठौर २०७० सालको संविधानसभा चुनावमा पराजित भएका थिए भने ७४ मा प्रतिनिधि सभामा समानुपातिक सांसद रहेका थिए ।
२०७९ को प्रतिनिधिसर्भा िनर्वाचमा बाँके क्षेत्र नम्बर ३ बाट तत्कालीन नेकपा माओवादी सँग गठबन्धनबाट संयुक्त उम्मेदवार भई विजय भएका थिए । आर्को सिफारिस भएका अरुण प्रकाश सिंह राठोर २०६४ सालको संविधानसभाको निर्वाचनमा पराजित भएका थिए । अरुण सिंह राठोरको नाम नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर १ बाट राष्ट्रिय सभाको लागि समेत सिफारिस गरेको छ । अन्य सिफारिस हुने हरूमा जग्गाप्रसाद पाण्डे, मीनराज चौधरी, प्रशुराम थारु, मकरबहादुर सिजापति, रामचन्द्र थापा, विद्याप्रसाद खनाल र दीपक भण्डारीको नाम प्रत्यक्ष तर्फ सिफारिस भएको छ ।
यसैगरी नेपाली कांग्रेस बर्दिया क्षेत्र नं २ ले समानुपातिक तर्फ देवमान चौधरी, चन्द्रकला जिसी, तारा चौधरी, प्रमिला चौधरी, दुर्गासापकोटा, तारा शुक्ला, तेजकुमारी थापा क्षेत्री ९ खाँ ०, मनिसा गुरुङ, सावित्री ढुङ्गाना, प्रेमबहादुर सुनार, र भारती कामी को नाम सिफारिस गरेको छ । साथै राष्ट्रिय सभाका लागि नेपाल प्रेस युनियन केन्द्रीय निवर्तमान अध्यक्ष बद्री सिग्देल मालती शाह को नाम सिफारिस गरेको छ ।