सिटी, सगुन र भृकुटी स्कुलको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
Sunday, December 14th, 2025, 6:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ मंसिर
पुराना विद्यार्थीलाई विदाई र नयाँ विद्यार्थीलाई स्वागत गर्दै सिटी कलेजबाट बिबिएस, सगुन कलेजबाट बिबिए र भृकुटी स्कुलले शुक्रबार भव्य रुपमा स्वागत तथा विदाई कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रका अतिथीहरुको उपस्थितीमा विद्यार्थीलाई उत्प्रेरणा समेत प्रदान गरिएको थियो । स्वागत तथा विदाई कार्यक्रमको प्रमुख अतिथी केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदिप कुमार छाजेडले सफल व्यवसायी बन्नको लागि नैतिक आचारणले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भएको थियो ।
नैतिक आचरणले विद्यार्थीलाई व्यवसायमा सफल बनाउन सहयोग गर्ने उहाँले बताउनु भयो । व्यापार भन्दा पहिला ब्यवहार राम्रो हुनु पर्ने बताउँदै महाप्रबन्धक छाजेडले जुनसुकै काम गर्न पनि विद्यार्थीले लाज मान्न नहुने बताउनु भयो । सिटी कलेज, सगुन कलेज र भृकुटी स्कुलले आयोजना गरेको स्वागत तथा विदाई कार्यक्रमको प्रमुख अतिथीको बोल्दै छाजेडले नेपालमा थुप्रै अवसरहरु भएपनि नेपाली विद्यार्थीले त्यसलाई चिन्न नसकेको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘हामीले आफनो कामलाई सम्मान सक्नु पर्छ । सबै नेतृत्वमा पुग्न सक्दैनन् । हरेक क्षेत्रमा काम गर्नको लागि लगनशिल जनशंक्तिको आवश्यकता पर्छ । त्यसैले आफनो क्षमता बढाउँदै जुनसुकै काममा पनि योग्य हुन सक्नु पर्छ ।’
समाजलाई सुहाउँदो पहिरन, व्यवहार र नैतिक शिक्षा जस्ता कुराहरुपनि व्यापारमा महत्वपुर्ण रहनेमा उहाँले जोड दिनु भयो । शुक्रबार होटल पौवामा सिटी कलेजबाट बिबिएस, सगुन कलेजबाट बिबिए र भृकुटी स्कुलबाट कक्षा ११ विद्यार्थीहरुलाई स्वागत तथा विदाई कार्यक्रमको आयोजना गरिएको थियो ।
कलेजका संचालक अशोक कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा छाजेडसँगै महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका अर्थशास्त्र विभाग प्रमुख सह प्रध्यापक मेन बहादुर अधिकारी, क्याम्पसका प्रिन्सिपल अनिल कुमार चौधरी, कलेज तथा क्याम्पसका शिक्षक शिक्षिका, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

………..

………

………..
कार्यक्रममा बोल्दै सह प्रध्यापक मेन बहादुर अधिकारीले सिटी कलेज, सगुन कलेज र भृकुटी स्कुलले उत्कृष्ट शिक्षा प्रदान गर्दै दक्ष जनशंक्ति निर्माणमै सहयोग गरिरहेको बताउनु भयो । कार्यक्रममा विद्यार्थीले एकल तथा सामुहिक नृत्यहरु प्रस्तुत गर्नु भएको थियो ।