सहमतिमा कान्तुरामको उम्मेदवारी फिर्ता
Friday, January 23rd, 2026, 7:04 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ माघ
बाँके क्षेत्रमा नम्बर ३ मा उम्मेदवारी दिनुभएको कान्तुराम गौतमले उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रतिनिधि सभा सदस्यका लागि नेपाली कम्यूनिष्ट पार्टीबाट कान्तुरामसंगै दिपक कुमार गौरी मगरले उम्मेदवारी दिनुभएको थियो । एउटै पार्टीबाट दुई जनाको मनोनयन दर्ता भएपछि माघ गते दुबै उम्मेदवारले आपसी सहमति गरेर उम्मेदवारी लिनुभएको छ । दुबै जनाले सहमति गरेको पत्र निर्वाचन कार्यालयलाई लेख्नुभएको छ । सहमति पत्रमा गौतमले दिपकको उम्मेदवारी आधिकारिक रुपमा लिन सहमति जनाउनुभएको छ ।
पार्टी स्रोतका अनुसार अन्तिम समयमा दिपकले उम्मेदवारी दिन नपाउने हुन् कि भनेर कान्तुरामको मनोयन दर्ता गरिएको थियो । बैंकिङ्ग लेनदेनमा केही समस्या देखिएको र त्यो समस्या समाधान नहोला भनेर विकल्पका रुपमा कान्तुरामलाई उम्मेदवारी दर्ता गर्न लगाइएको थियो, पार्टी स्रोतले भन्यो ।
यद्दपी दिपकले लेनदेनमा आफुले सबै प्रमाण राखेका कारण उक्त समस्याको समाना गर्न नपरेपछि बिकल्पमा उम्मेदवार बनेका गौतमले सहमति गर्दै फिर्ता लिएका हुन् । स्रोतका अनुसार खासगरी पार्टीसंग भएको एकताले समाजवादीलाई बाँकेमा दिने सहमति भएको थियो ।
त्यही अनुसार पार्टीले दिपकलाई मनोनयन पत्र थमाएको थियो । तर मनोनयनका समयमा दिपकलाई समस्या पर्छ कि भनेर बिकल्प खोजिएको थियो । नेपाली कम्यूनिष्ट पार्टीबाट दिपक आधिकारिक उम्मेदवार रहेको स्रोतले भन्यो । समाजवादीले लुम्बिनी प्रदेशका ३ ठाउँमा उम्मेदवार उठाउने सहमति गरिएको थियो ।
क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत दशरथ गौतमका अनुसार दुबै जना उम्मेदवारबीच भएको सहमति अनुसार एक जनाको मनोनयन खारेज गरिएको हो ।