बाँकेमा ६० जनाको उम्मेदवार कायम
Friday, January 23rd, 2026, 7:09 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, माघ ९ गते
प्रतिनिधि सभा सदस्य का लागि बाँकेमा मनोनयन पत्र दर्ता गराएका १ जनाको फिर्तासंगै ६० जनाको मनोनयन कायम भएको छ । जिल्लाको क्षेत्र नम्बर १ मा १६ जना, क्षेत्र नम्बर २ मा २२ जना र क्षेत्र नम्बर ३ मा २३ जनाको मनोयन परेको थियो । जसममध्ये निर्वाचन क्षेत्र नम्बर ३ मा एउटै पार्टीबाट दुई जनाको मनोनयन दर्ता गरिएको थियो ।
निर्वाचन तालिका अनुसार मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गर्ने समयसिमाभित्र क्षेत्र नम्बर ३ मा एउटै पार्टीबाट परेको दुई जनाको मनोनयनमध्ये एक जनाको खारेज गर्ने निर्णय गरिएको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । यससंगै क्षेत्र नम्बर ३ मा २२ जनाको उम्मेदवारी कायम भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार बाँकेको निर्वाचन क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गराएका १६ जनाको बिरुद्ध उजुरी नपरेपछि र थप जाँचबुझ गरिए अनुसार उहाँहरुको उम्मेद्वारी कानून बमोजिम कायम रहेको बाँके १ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले बताउनुभयो ।
यस्तै बाँके क्षेत्र नम्बर २ मा मनोनयन दर्ता गराएको २२ जनाको पनि कानूनबमोजिम उम्मेद्वारी कायम रहेको मुख्य निर्वाचन अधिकृत दिपक कुमार दाहालले बताउनुभयो । बाँकेमा प्रतिनिधि सभा सदस्यका लागि पूर्व मन्त्री, प्रतिनिधि सभा सदस्य, नेपाली काँग्रेसका प्रदेश सभापति र काँग्रेसका जिल्ला सभापति, लुम्बिनी प्रदेश सांसद भएका व्यक्तिहरु उम्मेदवार बनेका छन् ।