दिपक जि.एम. चुनावी मैदानमा
Thursday, January 29th, 2026, 9:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ माघ
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपक जि.एम. प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारका रूपमा बाँके क्षेत्र नं. ३ बाट चुनावी मैदानमा उत्रिनुभएको छ। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्राको सुरुआत गरेका दिपक जि.एम. निरन्तर संघर्ष, संगठन निर्माण र जनसम्पर्कका माध्यमबाट पार्टीको केन्द्रीय नेतृत्वसम्म पुग्न सफल नेता हुन्। स्वच्छ छवि, ईमानदारी र स्पष्ट विचारका कारण उनी स्थानीयस्तरदेखि केन्द्रसम्म विश्वास गरिने व्यक्तित्वका रूपमा चिनिन्छन्।
स्थानीय समाजको सामाजिक, आर्थिक र शैक्षिक अवस्थालाई नजिकबाट बुझेका दिपक जि.एम. जनताका समस्या सुन्ने, बुझ्ने र समाधानका लागि अग्रसर हुने नेताका रूपमा परिचित छन्। बोलाउँदा उपस्थित हुने र आवश्यक पर्दा जनताको पक्षमा उभिने व्यवहारले उनी आम नागरिकमाझ लोकप्रिय बन्दै गएका छन्।
उम्मेदवार जि.एम.ले बाँके क्षेत्र नं. ३ को दिगो विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन तथा सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभएको छ। स्थानीय आवश्यकता अनुसार केन्द्रसँग समन्वय गरी विकास निर्माणका कामलाई तीव्रता दिने उनको प्रतिबद्धता रहेको छ। जनतासँग नजिकको सम्बन्ध, राजनीतिक अनुभव र केन्द्रसम्मको पहुँचका कारण दिपक जि.एम.लाई आगामी निर्वाचनमा भरोसायोग्य विकल्पका रूपमा हेरिएको छ।