सुबी एजुकेसनले मनायो तेस्रो वार्षिक उत्सव
Wednesday, February 4th, 2026, 9:53 pm
Kalpristha
गणेश राई
नेपालगन्ज, माघ २१ गते
सुबी एजुकेसनले आफ्नो तेस्रो वार्षिक उत्सव भव्यतापूर्वक मनाउँदै चौथो वसन्तमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा संस्थाले निरन्तर उच्च गुणस्तरीय शिक्षा र व्यक्तिगत मार्गदर्शनको माध्यमबाट विद्यार्थीलाई उज्वल भविष्यतर्फ अग्रसर बनाउँदै आएको छ ।
हालसम्म ५ सय भन्दा बढी विद्यार्थीलाई जापान अध्ययनको लागि सफलतापूर्वक पठाइसकेको सुबी एजुकेसनले आफ्नो यात्रामा एक गौरवशाली इतिहास र समर्पित शिक्षण निर्माण गरेको छ ।
संस्थामा पठन–पाठन गर्ने शिक्षकहरू अनुभवी र दक्ष छन, तर उनीहरू प्रत्येक विद्यार्थीको प्रतिभा र क्षमता अनुसार मार्गदर्शन गर्ने विश्वासिलो साथीको भूमिका पनि निर्वाह गर्ने गरेको सुबी एजुकेसनका संचालक बिनोज बास्तोलाले बताउनु भएको छ ।
विद्यार्थीको उज्ज्वल भविष्य निर्माण, व्यक्तिगत विकास र अन्तर्राष्ट्रिय स्तरको अवसर प्रदान गर्न समर्पित यस संस्थाले शिक्षा क्षेत्रमा उत्कृष्टता र विश्वासको प्रतीकको रूपमा आफूलाई स्थापित गरेको छ । यस यात्रामा निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शुभेच्छुकहरूप्रति सुबी एजुकेसन बास्तोलाले हृदयदेखिको आभार व्यक्त गर्नु भयो ।
संस्थाका प्रत्येक सफलता र उपलब्धिको मूल आधार यही आपसी विश्वास र आपसी समर्पण नै रहेको सञ्चालक बिनोज बास्तोलाले भनाई थियो ।

………….
उहाँले भन्नु भयो, ‘हाम्रो लक्ष्य केवल विद्यार्थीलाई पढाइमा दक्ष बनाउनु मात्र होइन, उनीहरूलाई जीवनको प्रत्येक क्षेत्रमा सक्षम र आत्मविश्वासी नागरिकको रूपमा तयार पार्नु हो । हामीले सुरु गरेको शिक्षाको यात्रा अझ लामो र प्रभावकारी बनाउने हाम्रो प्रतिबद्धता छ । यसरी सुबी एजुकेसनले शिक्षा र मार्गदर्शनको माध्यमबाट विद्यार्थीलाई विश्वस्तरीय अवसरसहित उज्ज्वल भविष्यतर्फ अग्रसर बनाउने आफ्नो अभियानलाई निरन्तर जारी राख्ने योजना बनाइरहेको छ । संस्थाको समर्पण, विश्वास र उत्कृष्ट शिक्षण प्रणालीले विद्यार्थीका सपनालाई साकार बनाउने मार्ग अझ सशक्त बनाएको छ ।