खजुरेली जनताको रोजाईमा अमर सिंह पुन
Thursday, February 5th, 2026, 8:34 pm
Kalpristha
नेपालगन्ज, माघ २२ गते
आसन्न प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदै छ । मत हाल्ने दिन नदिकिदै जाँदा स्थानीय मतदाताले पनि स्वस्र्फुत रुपमा उम्मेदवार र आफुलाई मन पर्ने पार्टीको पक्षमा आफनो धारणा व्यक्त गर्न सुरु गरेका छन् । यस्तैमा बाँकेको क्षेत्र नम्बर–३ खजुराका स्थानीयले नेपाली कांग्रेसका उम्मेदवार अमर सिंह पुनलाई जिताउनको लागी आफुहरु प्रतिवद्ध रहेको अभिव्यक्ति सार्वजनिक गरेका छन् । खजुरा गाउँपालिका वडा नम्बर २ का बासिन्दाले आफनो रोजाईको नेता अमर सिंह पुन भएको बताएका छन् ।
सिंह जिताउन आफुहरु प्रतिवद्ध रहेको बताउँदैं खजुरा–२ गौघाटका स्थानीय दिल बहादुर बुढाले अप्ठयारो अवस्थामा देशलाई निकास दिलाउन सक्ने पार्टी कांग्रेस भएको बताए । उनले भने, ‘कांग्रेसलाई जिताउन आवश्यक छ । देशको विकास गर्न, देशलाई नयाँ निकास दिन कांग्रेसलाई जिताउनु पर्छ । युवाहरु सचेत भएर लाग्नु पर्छ । युवामा शंक्ति छ ।’
कांग्रेसका उम्मेदवार अमर सिंह पुन राजनिति रुपमा पनि अनुभवी, नयाँ भावना र सोचका साथ जनतामाझ आएका कारण खजुराको जनताको पहिलो रोजाईमा परेको बुढाले बताउनु भयो ।
बाँके खजुरा गाउँपालिका वडा नम्बर २ कै स्थानीय महिला फौदा रानाले गाउँको पछिल्लो समयको सामाजिक अवस्था निकै चिन्ता जनक भएको बताउनु भयो ।

……..
उहाँले भन्नु भयो, ‘अब मानिस परेको बेला मलामी जाने पुरुष गाउँमा पाउन गाह्रो भयो । मेरो तिनै वटा छोरा विदेशमा छन । अस्पताल लग्ने कोहि छैन् । हाम्रो यो समस्या समाधान गर्न नेता र राजनिति दलले सम्बोधन गर्नु पर्छ । हामीलाई आर्थिक सुशासन र समृद्धि चाहिएको छ । युवाले देशमै रोजगारी पाएको भए विदेश जाने थिएनन ।’ बेरोजगारी समस्यालाई समाधान गर्न सक्ने उम्मेदवार कांग्रेसका अमर सिंह पुन भएकोले उहाँलाई जिताउन आवश्यक रहेको रानाले बताउनु भयो ।

………