कालपृष्ठकर्मी खत्री सहित सात पत्रकार सम्मानित
Tuesday, February 10th, 2026, 7:52 pm
Kalpristha
कालपृृष्ठ समाचारदाता
नेपालगन्ज, २७ माघ
कालपृष्ठकर्मी कमल खत्री सहित गोरखा युनाइटेड पब्लिक स्कुल कोहलपुरले बाँकेका सात जना पत्रकारलाई गोरखा रजत सम्मानबाट सम्मानित गरेको छ । मंगलबार कोहलपुर–०२ स्थित स्कुल परिसरमा भएको कार्यक्रममा कालपृष्ठ दैनिकका प्रकाशक- सम्पादक कमल खत्री, मिसन टुडे राष्ट्रिय दैनिकका प्रकाशक-प्रधान सम्पादक बिनोद पौडेल, दैनिक नेपालगन्जका प्रकाशक-प्रधान सम्पादक झलक गैरे, अन्नपुर्ण दैनिकका शंकर खनाल, काचुली खबरका सम्पादक संगिन शर्मा, बुलेट न्युज मिडिया प्रालीका कार्यकारी प्रमुख प्रमोद रिजाल, अनलाईनका र कोहलपुर ग्यालरीका संचालक विकल भट्टराई सम्मान गरिएको होे । कालपृष्ठकर्मी खत्रीलाई राष्ट्रिय खेलकुद पत्रकारिता, गोरखा रजत सम्मान–२०८२ बाट सम्मान गरिएको हो ।
गोरखा युनाइटेड पब्लिक स्कुलका अध्यक्ष केशर बहादुर आले, प्रधानाध्यापक साधना थापा लगायतले पत्रकारलाई सम्मान गर्नु भएको थियो । पत्रकारिताको माध्यमबाट गोरखा युनाइटेड पब्लिक स्कुलको शैक्षिक, सामाजिक तथा रचनात्मक गतिविधिलाई जिम्मेवार पत्रकारिता मार्फत तथ्यपरक र सकारात्मक ढंगले सार्वजनिक गर्दै विद्यालयको पहिचान तथा गरिमा अभिवृद्धिमा योगदान गरेको भन्दैं पत्रकारलाई सम्मान गरिएको संचालक अध्यक्ष आलेले बताउनु भयो ।
सम्मान कार्यक्रममा पत्रकार झलक गैरेले पश्चिम नेपालको शैक्षिक स्तर वृद्धिमा गोरखा युनाइटेड पब्लिक स्कुलको योगदान महत्वपुर्ण भएको भन्दैं आगामी दिनमा शिक्षा पत्रकारिता पुरस्कार स्थापना गरेर पत्रकारिता क्षेत्रमा संस्थागत रुपमा सहकार्य गर्न अनुरोध गर्नु भयो ।
संचालक समिति अध्यक्ष आलेले गोरखा युनाइटेड पब्लिक स्कुलले शिक्षामा प्राप्त गरेको उपलब्धीलाई बढाउँदैं समाजको सकारात्क परिवर्तनमा योगदान गर्ने लक्ष्य सहित अगाडी बढेको बताउनु भयो ।