नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापनमा कांग्रेसले पहल गर्छः अमर सिंह पुन
Friday, February 20th, 2026, 3:07 pm
Kalpristha
गणेश राई
खजुरा, ८ फागुन
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले पश्चिम नेपालको महत्वपुर्ण योजना नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापनलाई आफुले मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ । बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएका पुनले यस क्षेत्रको आर्थिक स्तर उकास्ने योजनालाई प्रभावकारी ढंगले संचालनमा नेपाली कांग्रेसले पहल गर्ने बताउनु भयो ।
बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ३ गाभर नेपाल सरकारले २०७२ सालमा नौवस्ता औद्योगिक क्षेत्राको स्थापना गर्ने निर्णय गरेर संचालनको प्रक्रिया सुरु गरेको थियो । सुरुआतमा नेपाल सरकारको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा ३३८ बिघा जग्गा मात्र दर्ता भएको थियो । तर पछि स्थानीय वस्ती व्यवस्थापन, सशस्त्र प्रहरी तालीम केन्द्र तथा क्षेत्रीय कारागारलाई जग्गा दिने भएपछि नौवस्ता औद्योगिक क्षेत्रको जग्गा कम भएको थियो ।
नौवस्ता औद्योगिक क्षेत्रमा सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी गर्ने वातावरण निर्माण गर्नु पर्ने पुनले बताउनु भयो । उहाँले भन्नु भयो,‘बाँके क्षेत्र नम्बर ३ को आर्थिक उन्नतीमा नौवस्ता औद्यागिक क्षेत्रको महत्वपुर्ण स्थान रहन्छ । यसलाई छिटो भन्दा छिटो प्रभावकारी ढंगले अगाडी बढने वातावरण निर्माण गर्न जरुरी छ । त्यसको लागि नेपाली कांग्रेसले पहल गर्नेछ ।’
नौवस्था औद्योगिक क्षेत्र मार्फत हजारौ युवाहरुलाई रोजागारीमा जोडनु पर्ने उहाँले बताउनु भयो । बाँके क्षेत्र नम्बर ३ को आर्थिक समृद्धिका लागि पनि आम जनतालाई कांग्रेसमा भोट हाल्न पुनले अपिल गर्नु भयो ।