वलीको नेतृत्वमा राप्तीसोनारी सहकारी समन्वय समिति पुर्नगठन
Saturday, February 21st, 2026, 8:09 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ फागुन
जमान सिंह वलीको नेतृत्वमा राप्तीसोनारी सहकारी समन्वय समितिको नयाँ कार्यसमिति पुर्नगठन गरिएको छ । राप्तीसोनारीमा भएको सहकारीकर्मीको भेलाले वलीको नेतृत्वमा १३ सदस्यीय राप्तीसोनारी सहकारी समन्वय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा गणेश बहादुर खत्री, सचिवमा झुपा कुमारी विष्ट, कोषाध्यक्षमा भुपेन्द्र खड्का रहनु भएको छ । समितिको सदस्यमा भिम बहादुर खत्री, शिव प्रसाद थारु, दिपा पुन, राज बहादुर थारु, चक्रपानी खड्का, परमबहादुर थारु, दिव्या गुरुङ र कन्छेदु कुमार भुजुवा रहनु भएको छ ।
यसैगरी अर्धवार्षिक समिक्षा कार्यक्रम पनि आयोजना गरिएको थियो । राप्तीसोनारी सहकारी शाखाको आयोजनामा भएको कार्यक्रम राप्तीसोनारी आर्थिक विकास समिति संयोजक मिन कुमार थारुको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल अनलाइनबाट सम्बोधन गर्दै सहकारीको स्तर वृद्धिमा पालिकाका सम्पुर्णले एकवद्ध भएर काम गर्न अनुरोध गर्नु भयो । अध्यक्ष पौडेल हाल उपचारको क्रममा भारतको दिल्लीमा रहनु भएको छ ।
कार्यक्रममा आर्थिक बिकास समिति सदस्य केशब परियार, पसुसेवा शाखाका जय बहादुर कार्की, कृषि शाखाका रेश्मा थारु लगाएत राप्सोनारी गाउँपालिकामा संचालित सहकारी संस्थाका ब्यावस्थापक सहित ३९ जनाको सहभागिता रहेको थियो । नवनिर्वाचित अध्यक्ष वलीले राप्तीसोनारीका जनताको आर्थिक स्तर उकास्दै समग्र पालिकाको आर्थिक उन्नतीको लागि सहकारीले सहयोग गर्ने वातावरण निर्माणमा काम गर्ने बताउनु भयो ।