जेडी कलेक्सनएनपीजेले मनायो तेस्रो वार्षिक उत्सव
Saturday, February 21st, 2026, 9:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ फागुन
महिला उद्यमी रिचा लुइटेलले संचालन गरिरहेको जेडी कलेक्सनएनपीजे तेस्रो वार्षिक उत्सव मनाएको छ । स्थापनाको तेस्रो वर्षमै लोकप्रिय बनेको जेडी कलेक्सनएनपीजेले सामाजिम क्षेत्रमा पनि योगदान गर्दै आएको छ । संचालक लुइटेलले शनिबार नेपालगन्जको महेन्द्र पुस्तकालयलाई पुस्तक उपहार दिने घोषणा गर्नु भयो । हरेक वर्ष स्थापनाको अवसरमा जेडी कलेक्सनएनपीजेले सामाजिक क्षेत्रमा सहयोग गर्ने गरेको छ ।
महिलाहरुले उद्यमशीलताको क्षेत्रमा काम गरे आर्थिक रुपमा सबल बन्न सकिने जेडी कलेक्सनएनपीजेको संचालक लुइटेलले बताउनु भयो । उहाँले भन्नु भयो,‘व्यवसाय सुरु गर्दा आफनो क्षमता देखाउन सकिन्छ । धेरैजनासँग जोडिने मौका मिल्छ । मलाई अहिले फरक क्षेत्रबाट आफनो परिचय बनाउन सहयोग गरेको छ । साहित्य क्षेत्रबाट व्यवसायी भनेर सबैले चिन्न थाल्नु भएको छ । यसले आफैलाई पनि गौरव अनुभव हुन्छ । परिवारले गौरव गर्नु हुन्छ ।’
आफनो सफलताले छोराहरुमा पनि व्यवसाय प्रति सकारात्मक धारणाको विकास भएको उहाँले बताउनु भयो । उहाँले थप्नु भयो, ‘मेरो सबैभन्दा ठुलो सफलता छोराहरुले अब व्यापार गर्छु भन्छन । अर्को कुरा अहिले म जेडी दिदी भनेर चिनिएको छु । व्यवसाय अहिले ब्राण्ड भएको छ । यसमा खुसी लाग्छ ।’
लुइटेलले जेडी कलेक्सनएनपीजेको सुरुआत आफनै घरबाट गर्नु भएको थियो । अनलाइनमा सुरु गरेको व्यवसाय अहिले नेपालगन्जको सफल व्यवसायको रुपमा चिनिएको छ ।
जेडी कलेक्सनएनपीजको स्थापना दिवसका अवसरमा सफलताको शुभकामना दिदैं महिला उद्यमी संघ नेपाल बाँकेको निवर्तमान अध्यक्ष साबित्री पोख्ररेल बस्नेतले रिचा लुइटेलको सफलताबाट थुप्रै महिला दिदी बहिनीहरुले प्रेरणा लिने गरेको बताउनु भयो ।