केही हप्ताभित्रै कोभिड १९ विरुद्धको खोप वितरणका लागि तयार हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
Thursday, September 17th, 2020, 12:37 pm
amit
एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्ताभित्रै आमरूपमा वितरणका लागि कोभिड १९ विरुद्धको खोप तयार हुने दाबी गरेका छन्।
ट्रम्पले कोरोना खोपको वितरणको दाबी गरेता पनि तर सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले भने सन् २०२१ को मध्यसम्ममा मात्रै आम नागरिकमा खोप उपलब्ध हुनसक्ने बताएका छन्।
कोभिड १९ विरुद्धको खोप सुरूवाती चरणमा यो वर्षको नोभेम्बर र डिसेम्बर महिनाको बीचमा उपलब्ध हुनसक्नेछ भने खोप उपलब्ध भए पनि त्यो समयमा सिमित मात्रामा मात्रै आपूर्ति हुनसक्ने र आफूहरूले प्राथमिकता निर्धारण गर्नुपर्ने रेडफिल्डले बताएका छन्।
त्यस्तै कोरोना भाइरस विरुद्वको खोप बजारमा आउने बारे फरक फरक धारणा सार्वजनिक भइरहेको बेला राष्ट्रपति डोनल्ड ट्रम्पले भने गल्तीले अथवा द्विविधामा परेर त्यसो भनेको हुनसक्ने सीडीसीका निर्देशकको भनाइ छ।
बीबीसीका अनुसार डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले भने चुनावी फाइदाका लागि ट्रम्पले खोपको विषयलाई प्रयोग गरिरहेको टिप्पणी गरेका छन्।