एनआरएन अमेरीकाको पाँचौ बार्षिक साधारण सभाको तयारी पुरा
Thursday, January 12th, 2017, 10:03 am
amit
डालस-यही शनिवार टेक्सासको डालसमा आयोजना हुन लागेको गैर आवासिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरीकाको पांचौ वार्षिक साधारण सभाको तयारी पुरा भएको छ ।
एनआरएन अमेरीकाका उपाध्यक्ष तथा पांचौं वार्षिक साधारण सभाका संयोजक राम सि पोखरेलले बुधबार एक बिज्ञप्ती जारी गर्दै साधारण सभाको तयारी पुरा भएको जानकारी दिनुभएको छ ।’Enhancing unity & integration- Our action for Vision 2020 & beyond’ भन्ने नाराका साथ हुन लागेको यो सभामा अमेरिकाभरिबाट पाँचसयभन्दा बढी नेपालीहरुको उपस्थिती हुने अनुमान रहेको छ ।
एनआरएन अमेरिकाका १७ वटा च्याप्टरहरुबाट समेत सम्मेलनमा सहभागिता हुनेछ । सम्मेलनमा नेपालबाट परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत लगायत अन्य देशहरुबाट समेत अतिथीका रुपमा थुप्रै नेपालीहरुको आगमन हुनेछ । सम्मेलनको मुख्य आकर्षणको रुपमा Economic diplomacy & Diaspora Investment का बारेमा पनि व्यापक छलफल हुनेछ ।
यो शत्रलाई परराष्ट्रमन्त्री डा. महत, अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुनकुमार कार्की, एनआरएनका उपाध्यक्ष कुमार पन्त लगायतले संबोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
एनआरएन अमेरीकाका अध्यक्ष डा. केशव पौडेलले सम्मेलनका लागी अमेरीकामा भएका नेपाली उत्साहीत भएको र यो उत्साहलाई सकारात्मक रुपमा लिंदै यसले एनआरएन अमेरिकालाई अझ शशक्त रुपमा अघि बढाउन हौसला दिएको बताउनुभएको छ ।