विश्वमा कोरोना सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघ्यो
Saturday, September 19th, 2020, 2:23 pm
amit
एजेन्सी, ३ असोज । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालका अनुसार गत वर्ष पहिलो पटक चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ५६ हजार नाघेको भएतापनि विश्वमा दुई करोड २३ लाख ४१ हजार ५७८ व्यक्ति कोरोना संक्रमण मुक्त भएका छन्।
त्यस्तै विश्वमा अमेरिकामा सबैभन्दा धेरै कोरोना सङ्क्रमित र मृत्यु हुनेको संख्या रहेको छ । हालसम्म अमेरिकामा ६९, २५,९४१ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ३ हजार १७१ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ।
दोस्रो धेरै सङ्क्रमित मुलुक भने भारतका रहेको छ । तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो।
मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या ५३ लाख नाघेको छ।
ब्राजिलमा १,३५,८५७ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८५,६२५ जनाको मृत्यु भएको छ।
चौथो स्थानमा १०,९१,१८६ कोरोना सङ्क्रमितसहित रुस रहेको छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७,५६,४१२ व्यक्ति सङ्क्रमित छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ।