कांग्रेस सांसद खतिवडा र घडी काण्ड-पुर्व प्रधानसेनापति गुरुङका छोराले मुख खोले (विज्ञप्तिसहित)
Friday, January 13th, 2017, 4:00 am
amit
काठमाडौ–होटल -याडिसनमा भएको रोलेक्स घडी काण्डबारे पुर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवलमानसिंह गुरुङले मुख खोलेका छन् ।
गूरुङले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै हराएको आफ्नो घडीबारे विभिन्न अफवाह फैलिएको भन्दै सत्यतथ्य जानकारी दिन प्रेस विज्ञप्तिमा जारी गरेको बताएका छन् ।
उनले जारी गरेको विज्ञप्तिमा हराएको घडी आफ्ना बुबा छत्रमानसिंह गुरुङलाई २०६६ साल माघ २७ गते सम्धी भेटका क्रममा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले प्रधानसेनापति निवासमा दिएको उल्लेख गरेका छन् ।
त्यसयता सो घडी आफुले लगाउँदै आएको पनि प्रवलले जनाएका छन् । प्रवलले घडी हराएकै दिन होटलमा जानकारी गराएर आफु मुम्बइ गएको र नेपाल फर्कदासम्म घडीबारे अफवाह फैलिएको तथा सांसद खतिवडाको सम्मानमा परेको चोटप्रति दुख व्यक्त गरेका छन् ।
उनले क्लवको चेन्जिङ रुममा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाको टयाकसुटको गोजीमा परेको पर्न गएको मेरो घडीबारे जानकारी प्रप्त हुनासाथ मित्र सिमान्त गुरुङलाई एसएमएस र टेलिफोनबाट खवर गरेको र सिमान्तले आफुलाइ जानकारी गराएको बताएका छन् ।
तर घडी हराएकोबारे सांसद रामहरी खतिवडाको नाम जोडिएकोमा आफ्नो गम्भिर ध्यानकर्षण भएको प्रवलले जनाएका छन् ।
उनले भनेका छन्‘ यसबाट पर्न गएको भ्रम कसैमा नरहोस, साथै माननीय खतिवडाको आत्मसम्मान तथा सामाजिक प्रतिष्ठामा पर्न गएको चोटमाथि दुःख व्यक्त गर्दै सकारात्मक सहयोगका लागि सवैमा अनुरोध गर्दछु ।’