सक्रिय बनाईदैं पालिका स्तरीय दु्रत प्रतिकार्य समिति
Friday, September 25th, 2026, 12:55 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ असोज
बाँकेमा पालिका स्तरीय दु्रत प्रतिकार्य समिति तथा टोलीलाई अध्यावधि गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा पालिका स्तरीय दु्रत प्रतिकार्य समिति तथा दु्रत प्रतिकार्य टोली बैंठक बसेर पालिका स्तरीय दु्रत प्रतिकार्य समिति तथा टोलीलाई अध्यावधिक गरिएको हो ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिका विभिन्न किसिमका संक्रामक रोग, महामारी तथा विपद्जन्य घटनाको उच्च जोखिमले त्यस्तो अवस्थामा आकस्मिक रुपमा तत्काल स्वास्थ्य सेवा प्रवाह, जोखिमको पहिचान, प्रतिकार्य तथा व्यवस्थापनको लागि समुदाय स्तरका २३ वटैं द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बमले निर्देशन दिनु भएको थियो ।
संक्रामक रोग र महामारी र विपद्जन्य घटनामा काम गर्नको लागि २३ वटा वडाको दु्रत प्रतिकार्य टोलीले सक्रिय अवस्थामा रहनु पर्ने जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख जनस्वास्थ्य अधिकृत जागेश्वर बस्नेतले निर्देशन दिनु भयो ।
कार्यक्रममा भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नालले महामारी जन्य घटनालाई मध्यनजर गरी अस्पताल तयारी अवस्था रहेको बताउनु भयो । विगतका महामारीमा पनि नेपालगन्ज उपमहानगरपालिकाले गरेको काम प्रशंसा गर्दै आगामी दिनमा पनि आईपर्ने महामारी जन्य घटनामा सबैले मिलेर सामना गर्नुपर्ने बताउनु भयो ।
बैंठकमा पालिकामा हालै देखिएका संक्रामक रोगहरू बारे जनस्वास्थ्य निरीक्षक सरोज रिमाल, जल तथा मौसम विज्ञान विभागले गरेको भिषण बर्षाको पुर्वानुमान बारे एलइओसी फोकल पर्सन रूपन ज्ञवालीले जानकारी गराउनु भएको थियो । नेपालगन्ज उप–महानगरपालिकाको सभाहलमा संचालन भएको बैठकलाई महामारी फोकल पर्सन जनस्वास्थ्य निरीक्षक राजन कुमार शाहीले सहजिकरण गर्नु भएको थियो ।