दैवी प्रकोप उद्धार कोषमा महिला उद्यमी संघ नेपाल बाँकेको आर्थिक सहयोग
Monday, September 28th, 2026, 7:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ असोज
महिला उद्यमी संघ नेपाल बाँकेले भोटेकोसी बाढी पिडितलाई सहयोग गर्ने उद्देश्यले नेपाल सरकारले बनाएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष रेवती सिंहको नेतृत्वमा गएको टोलीले सोमबार बाँकेका प्रमुख जिल्ला अधिकार दिल कुमार तामाङ्गलाई बैंकमा जम्मा गरेको भौचर हस्तान्त्रण गर्नु भएको छ ।
महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष रेवती सिंह, प्रथम उपाध्यक्ष आभा गौतम, महासचिव विन्दु चर्तिमगर र कोषाध्यक्ष कुसुम दुगडले प्रमुख जिल्ला अधिकारी तामाङ्गलाई ४१ हजार ५ सय ५ रुपैयाँको भौचर हस्तान्त्रण गर्नु भयो ।
उक्त रकम महिला उद्यमी संघ नेपाल बाँकेका सदस्यहरुले संकलन गर्नु भएको थियो । देशले संकटपुर्ण अवस्थाको सामना गरेको बेला महिला उद्यमीले सक्दो सहयोग गर्ने उद्देश्यले उक्त रकम हस्तान्त्रण गरिएको अध्यक्ष सिंहले बताउनु भयो ।
महिला उद्यमी संघ नेपाल बाँकेको वर्तमान कार्यसमितिले गत वर्षको साउन २८ गते ११औं जिल्ला अधिवेशनबाट निर्वाचित भएदेखि विभिन्न आर्थिक र सामाजिक कार्य गर्दै आएको छ । महिला उद्यमीको क्षमता अभिवृद्धिमा सक्रिय संघले नेपालगन्जमा महिला उद्यमीका उत्पादनलाई बजारीकरण तथा प्रवद्र्धनको लागि हरेक वर्ष लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी, विभिन्न आर्थिक उन्नतीसँग जोडिएका तालिम तथा अन्तरक्रिया जस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।