बाँके कांग्रेस क्षेत्र नम्बर १ को सभापतिमा पुर्णप्रसाद आचार्य निर्विरोध
Tuesday, September 29th, 2026, 4:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ असोज
नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा पूर्ण प्रसाद आचार्य सर्वसम्मत हुनु भएको छ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको बाँके क्षेत्र नम्बर १ सभापतिमा उम्मेदवारी दिनु भएका पोषण केसीले आचार्यलाई समर्थन गरेपछि आचार्य सर्वसम्मत हुनु भएको हो । मंगलबार हुने भनेको मतदान सर्वसम्मत प्रयासका लागि सुरु हुन सकेको थिएन ।

……….

……..
पार्टी केन्द्रीय नेता सहित उम्मेदवारहरु बीचको छलफल पछि सर्वसम्मतको वातावरण तयार भएको काँग्रेस नेताहरुले बताएका छन् । यसैगरी नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत प्रतिनिधि सभा बाँके क्षेत्र नम्बर २ को सभापतिमा नरेन्द्र कुमार चौधरी निर्वाचित हुनु भएको छ । निकटतम प्रतिस्पर्धी बीरेन्द्रबहादुर शाहलाई पराजित गरेर उहाँ निर्वाचित हुनु भएको हो । क्षेत्रीय कार्यसमिति पदाधिकारी चयनका लागि सोमबार मतदान गराइएको थियो । निर्वाचन परिणाम अनुसार क्षेत्रीय सचिवमा रमेश प्रसाद तिमिल्सेना निर्वाचित हुनु भयो ।
यसैगरी केन्द्रिय महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ सुन्धान्सु कोईराला, सुरेन्द्र बहादुर हमाल, गोपाल प्रसाद अधिकारी, रमेश कुमार गुप्ता, अजित कुमार शर्मा, राकेश बहादुर श्रीवास्तव, राज कुमार बर्मा, कृष्ण कुमारी सापकोटा, सुनिल राणा र प्रशान्त विष्ट, महिलातर्फ उमा थापा मगर रेनु सिंह ठाकुर, कल्पना रेग्मी र नारायणी रूपाखेती, मैकुलाल बाल्मिकी, ईश्वरी प्रसाद ज्ञवाली, ज्ञानेन्द्र कुमार चौधरी, फन बहादुर गुरूङ, जमालुदिन वागवान, निजामुदिन अन्सारी छोट्कौ, राज कुमार साहु, डम्बर बहादुर गोल्डस्मित, साहिदा वानो, ममता देवी कुर्मी, रत्ना राणा, सिता देवी काफ्ले, विष्णु प्रसाद भुषाल, लिलावती यादव, अमृत कुमार आचार्य, मेराज अहमद हल्वाई, दिपेन्द्र रेग्मी, अनुज बर्मा र सुनिल सिंह हमाल निर्वाचित हुनु भएको छ ।