सेमिफाइनलमा न्यू डाँफे,ब्रोदर्स,अप्सरा र जय किसान
Friday, October 16th, 2026, 7:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० असोज
बाँकेको खजुरामा जारी बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगितामा न्यू डाँफे स्पोर्टस क्लव, ब्रोदर्स एफसी, अप्सरा एफसी र जय किसान स्पोर्टस क्लवले सेमिफाइनल यात्रा तय गरेका छन । बिहिबार र शुक्रबार सम्पन्न क्वाटर फाइनल खेलमा जित निकाल्दै सेमिफाइनलको यात्रामा ४ टिम पुगेका हुन ।
न्यू डाँफे स्पोर्टस क्लवको आयोजनामा खजुरा मिनि रंगशाला डि गाउँमा जिल्लाका खेलाडीले मात्र खेल्न पाउने गरि गरिएको प्रतियोगितामा न्यू डाँफे र ब्रदर्श यस अघि नै सेमिफाइनलमा पुगिसकेका थिए । शुक्रबार सम्पन्न खेलमा भने अप्सरा एफसी र जय किसान स्पोर्टस क्लव बिजयी भएका हुन । अप्सरा एफसी कोहलपुरले भद्रकाली स्पोर्टस क्लव जानकी गाउँपालिकालाई ट्राइबेकरमा हराएको थियो ।
निर्धारित समयमा खेलमा दुबैटिमले गोल गर्न नसकेपछि ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा अप्सराले ४–५ गोल अन्तरले विजयी बन्यो । शुक्रबार सम्पन्न दोस्रो क्वाटर फाइलन खेलमा जय किसन स्पोर्टस क्लव र न्यू दर्पण युवा स्पोर्टस क्लव बिच प्रतिस्पर्धा भएको थियो । खेलमा पनि निर्भारित समयमा कुनै गोल हुन नसक्दा खेल ट्राइबेकरमा गएको थियो ।
ट्राइबेकरमा जय किसनले ६–७ अन्तरले बिजयी हुदै सेमिफाइनल यात्रा तय गर्यो । शनिबार र आइतबार सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ । शनिबार ब्रोदर्स एफसी र जय किसन स्पोर्टस क्लब फाइनलका लागी भिड्नेछन । आइतबार न्यू डाँफे स्पोर्टस क्लब र अप्सरा एफसी फाइनलका लागी भिड्ने आयोजकले जनायो । प्रतियोगितामा बिजेता हुने टिमले नगद ५१ हजार १ सय ११ साथमा ट्रफि मेडल र प्रमाणपत्र र उप विजेता टिमले ३१ हजार १ सय ११ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

……..

…….
प्रतियोगितामा मुख्य प्रायोजकका रुपमा नेपालगन्ज न्यूरो हस्पिटलले सहकार्य गरेको क्लवका अध्यक्ष खत्रिले जनाए । क्लवका संरक्षक खजुरा गाउँपालिका ४ डि गाउँ निवासी हाल अमेरिका रहेका समाजसेवी लिल बहादुर थापाले प्रतियोगिताको पुरस्कार राशि सौजन्य गरेका हुन । प्रतियोगितामा १५ टिमले सहभागिता जनाएको न्यू डाँफे स्पोर्टस क्लवका सचिव तेजेन्द्र योगिले जनाए । दशै र तिहारको अवसर पारि आइतबार देखी शुभारम्भ गरिएको प्रतियोगिता कार्तिक २ गतेसम्म चल्ने न्यू डाँफे स्पोर्टस क्लवका उपाध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए ।