नेपालगन्जकी ज्योतिष बिन्दु बुढा क्षेत्रीलाई अन्तर्राष्ट्रिय आइकन अवार्ड
Friday, October 16th, 2026, 8:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० असोज
नेपालगन्जकी ज्योतिष तथा ट्यारोट कार्ड रिडर बिन्दु बुढा क्षेत्रीले तेस्रो संस्करणको इन्टरनेशनल आइकन अवार्ड–२०२६ जित्न सफल भएकी छन्। काठमाडौंस्थित राष्ट्रिय नाचघरमा सम्पन्न 3rd Edition International Icon Award 2026 Nepal and Gandhi Peace International Motivational Award and Peace Summit of Excellence in Astrology and Tarot Card Reading कार्यक्रममा बुढा क्षेत्रीलाई ज्योतिष तथा ट्यारोट कार्ड रिडिङ विधामा उत्कृष्ट योगदानका लागि अवार्ड प्रदान गरिएको हो।
बुढा क्षेत्री विगत चार वर्षदेखि नेपालगन्जमा रहेर ज्योतिष विज्ञान तथा ट्यारोट कार्ड रिडिङका क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। उनले ज्योतिष तथा ट्यारोट कार्डमार्फत भविष्यसम्बन्धी परामर्श तथा सेवा प्रदान गर्दै आएकी छन्।
ज्योतिष विज्ञान र ट्यारोट कार्ड रिडिङका क्षेत्रमा निरन्तर काम गर्दै आएकी बुढा क्षेत्रीले अन्तर्राष्ट्रियस्तरको अवार्ड प्राप्त गरेपछि यस क्षेत्रप्रतिको आफ्नो सक्रियता र योगदानलाई थप निरन्तरता दिने बताएकी छन्।

………
नेपालगन्जबाट ज्योतिष तथा ट्यारोट कार्ड रिडिङको क्षेत्रमा सक्रिय बुढा क्षेत्रीले अन्तर्राष्ट्रियस्तरको सम्मान प्राप्त गर्नु स्थानीय स्तरमा समेत उल्लेखनीय उपलब्धिका रूपमा लिइएको छ।