कोरोना भाइरसका कारण अमेरिकामा २ लाख ७८६ र भारतमा ९० हजार २० संक्रमितको मृत्यु
Wednesday, September 23rd, 2020, 12:11 pm
amit
एजेन्सी, ७ असोज । अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार हालसम्म अमेरिकामा कोरोना सक्रमणका कारण २ लाख ७८६ पुगेको छ भने कोरोना संक्रमितको संख्या ६८ लाख ९६ हजार नाघिसकेको छ।
त्यस्तै भारतमा पनि कोभिड १९ बाट ९० हजार भन्दा बढीको ज्यान गइसकेको छ । अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९० हजार २० पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार ८५ जनाको मृत्यु भएको हो।
त्यस्तै अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ५६ लाख ४६ हजार ११ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा नौ लााख ५३ हजार ६८३ जनाको कोरोना परीक्षण गर्दा ८३ हजार ३४७ नयाँ संक्रमित थपिएका हुन्।
अहिलेसम्म भारतमा ४५ लाख ८७ हजार ६१४ संक्रमित निको भइसकेका छन् भने ९ लाख ६८ हजार ३७७ संक्रमित निको हुन बाँकी छन्।
भारत संक्रमित संख्याको आधारमा अमेरिकापछि सबैभन्दा प्रभावित भएको मुलुक हो भने मृतक संख्याको आधारमा भने भारत अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ।