भवन बनाएको क्षेत्र चीनकै हो : चिनीयाँ दुतावस
Wednesday, September 23rd, 2020, 1:15 pm
amit
काठमाण्डौ, ७ असोज । हुम्लाको लाप्चास्थित नेपाली भूभागमा चीनले भवन बनाएको भन्ने खबरको नेपालस्थित चिनियाँ दूतावासले खण्डन गर्दै चिनियाँ दूतावासले मंगलबार राति एक विज्ञप्ति जारी गरेको छ।
उक्त विज्ञप्तिमा भवन बनाएको क्षेत्र चीनकै रहेको हो भने यस विषयमा नेपालले थप प्रमाणित गर्न सक्नुका साथै चीन र नेपालबीच कतै सीमा विवाद नभएकोसमेत उल्लेख गरिएको छ।
चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सधैं सम्मान गर्ने उल्लेख गर्दै उक्त विज्ञप्तिमा मिडियामा उल्लेख गरिएका भवन चीन र नेपालको सीमा क्षेत्रको चीनतर्फकै भएको दाबी गरिएको छ।
विज्ञप्तिमा भनिए अनुसार चीन र नेपाल मित्रवत छिमेकी हो भने चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्दै आएको र मिडियामा उल्लेख गरिएका भवन चीन–नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ।
सो विज्ञप्तिमा नेपाली पक्षले फेरि प्रमाणित गर्न सक्नेछ भने चीन र नेपालबीच सीमा विवाद नरहेको र दुवै देशले सीमाको सम्बन्धमा सूचना आदानप्रदान गर्दै आएकोसमेत थप उल्लेख गरिएको छ।
नाम्खा गाउँपालिका ६ को लाप्चामा नेपाली सेनाले भोगचलन गरेको क्षेत्रमा चीनले भवन बनाएको खबर सार्वजनिक भएपछि दूतावासले विज्ञप्ति सार्वजनिक गरेको हो।
नेपालतर्फ चीनले भवन बनाएको लाप्चामा अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहित तीनै सुरक्षा निकायका टोली फर्किएको छ। चिनियाँँ पक्षसँग छलफलमा दुवै पक्षले आफ्नो भनेर दाबी गरेका थिए।
त्यहाँका स्थानीय जनप्रतिनिधिले माथिल्लो तहबाटै सीमा विवाद समाधान गर्नुपर्ने सुझाव सीडीओ र सुरक्षा निकायका प्रमुखको टोलीलाई दिएका छन्। परराष्ट्र मन्त्रालयले भने यस विषयमा केही बोलेको छैन।