देशभर अझै तीनदिन वर्षा हुने
Thursday, September 24th, 2020, 2:12 pm
amit
काठमाण्डौ, ८ असोज । जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जनाएको छ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको छ।
शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ भने आइबारदेखि क्रमिक सुधार हुने मानन्धरले बताएकी छिन्। आइतबारबाट वर्षा हुने क्रम केही रोकिए पनि पूर्णरूपमा मौसम सफा भई घाम लाग्न केही दिन लाग्ने पनि उनले बताएकी छिन्।
हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसका साथै प्रदेश नं १, २, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, २, ५, वाग्मती र गण्डकी प्र्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।
महाशाखाको पछिलो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ७३ Þ५ मिलिमिटर वर्षा भएको छ भन्े पोखरामा ८४ दशमलव ५, धनगढीमा १० दशमलव ९, दिपायलमा ४ दशमलव २, सिमरामा १०८ र धनकुटामा १९ दशमलव २ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै आज सबैभन्दा धेरै विराटनगरमा १२५ मिलिमिटर वर्षा भएको छ।