बुहारीको हत्या गरेको आरोपमा ससुरा जेल चलान
Tuesday, September 29th, 2020, 12:15 pm
amit
काभ्रेपलाञ्चोक, १३ असोज । जिल्ला अदालत काभ्रेपलाञ्चोकले घरायसी विवादका क्रममा बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमबार थुनछेक बहसका क्रममा ४२ वर्षीय अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । रञ्जनाका पति शंकरलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ भने ससुरा विष्णुप्रसाद र सासू चित्रकुमारीलाई सामान्य तारेखमा छाडिएको अदालतका स्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिएका छन्।
जेठाजु सुदर्शनले घरायसी विवादका क्रममा गत भदौ १८ गते बिहान भाँडा माझिरहेको अवस्थामा टाउको र घाँटीमा बञ्चरो प्रहार गरी ३५ वर्षीया बुहारीको हत्या गरेको र सो हत्यमा भाइ र बुवाआमाको संलग्नता नरहेको, आफू एक्लैले हत्या गरेको स्वीकारेका गर्दै बयान दिएका थिए भने रञ्जनाका पति शंकरले धरौटी रकम बुझाउन नसकेपछि थुनामा गएका छन्।
पारिवारिक स्रोतका अनुसार रञ्जना र जेठाजु सुर्दशनबीच घरायसी अंशबण्डा तथा भुकम्पपीडित अनुदानमा निर्माण गरेको घरका विषयमा पटकपटक विवाद हुँदै आएको थियो । रञ्जना स्थानीय स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी थिइन्।