करेलाको जुसका यस्ता छन् फाइदाहरू
Thursday, October 1st, 2020, 12:46 pm
amit
१५ असोज, काठमाडौं । आवश्यक पोषक तत्वहरूले भरिएको करेलाका विभिन्न स्वास्थ्य लाभहरू छन् । तौल कम गर्नका लागि करेला एक प्रभावकारी तरकारी हो ।
करेलाको जुसको सेवनले वास्तवमा पेटको बोसो छिट्टो बर्न गराएर छिटो तौल घटाउन मद्दत गर्छ । करेला मोटोपनाको उपचारको लागि प्राकृतिक एजेन्टको रूपमा काम गर्छ ।
यसैगरी करेलाको जुसले स्तनको क्यान्सरको प्रभावकारी उपचार गर्न सक्ने पत्ता लागेको छ । करेलाको जुसको नियमित सेवनले लामो समयसम्मको कफ र श्वासप्रश्वासको समस्यालाई निको पार्न मद्दत गर्न सक्छ ।
करेलाको जुस दम र फोक्सोको संक्रमणको उपचारको लागि एक प्रभावकारी उपचार हुन सक्छ । कारेलाले रगत शुद्धिकरण गरि समयपूर्व बुढो हुनबाट बचाउन सक्छ । यसले छालामा चाउरी पर्ने समस्यालाई हटाउन पनि मद्दत गर्छ ।
यसैले, करेलाको जुसले उत्कृष्ट छालाको फोहोर हटाएर सफा गर्ने काम गर्छ । करेलाको जुसको सेवनले पाचन प्रवर्धन गर्ने इन्जाइमहरूको उत्पादन बढाउने गर्छ ।
करेला जुसमा महको मिश्रणले पाचन क्रियालाई द्रुत रूपमा बढाउन सक्छ । करेलामा भएका विभिन्न तत्वहरूले यसलाई मधुमेह रोगीहरूको लागि एक प्रभावकारी उपचार बनाउँछ ।
त्यसबाहेक अन्य फाइदाहरू यस्ता छन्ः
लिभर टनिक : दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । स्वास्थ्यमा परिवर्तन आएको हेर्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनैपर्ने हुन्छ ।
रोग प्रतिरोधक : पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।
डण्डीफोर : करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउँछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउँछ ।
कब्जियतमा : यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ ।
छालाको समस्यामा : करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउँछ ।
मिर्गौला र ब्लाडर : यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ ।
८) मुटुको रोग : यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।
९) तौल घटाउन : यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चााँडो चाँडो तौल घटाउन यसले मद्दत गर्छ ।
१०) छालाको समस्यामा : करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ ।