चाडपर्वको संघारमा सुनसान बजार
Wednesday, October 7th, 2020, 12:22 pm
amit
२१ असाेज, काठमाडाैं । चाडपर्व नजिकिँदै गर्दा काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरुमा सुनसान देखिएको छ ।
नेपालीहरुकाे महान चाड दशैं, तिहार, छठलगायतका ठूला चाडपर्व नजिकिँदै गएपनि काठमाडौं उपत्यकाका प्रमुख व्यापरिक बजारमा चहलपहल कम देखिएको छ ।
विगतका वर्षहरुमा दशैं नजिकिएसँगै निकै भीड हुने बजारमा यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका कारण सुनसान देखिएको हो । मंगलार साँझ न्यूरोड, दरबारमार्ग, ठमेललगायतका बजारमा पुग्दा सुनसान देखिएको हो ।
केही पसलहरु खुलेको देखिएपनि अधिकांश पसलहरु बन्द भइसकेका थिए ।
सामान खरिद गर्न जानेहरु निकै न्यून देखिएका थिए ।
खासगरी लत्ताकपडा, घरायसी सामग्री, मोबाइल फोन, टेलिभिजनलायतका बाजरमा सुनसान देखिएको छ ।
विगतमा चाडपर्वको समयमा निकै भिड हुने क्षेत्र यसपटक सुनसान हुँदा व्यापारिहरु पनि निरास बनेका छन् ।
न्यूरोड, दरबारमार्ग र ठमेल त्यसैपनि साँझको समयमा निकै भिड हुने बजार हो । तर यस वर्ष कोभिड १९ को संक्रमणको जोखिमका कारण मानिसहरु सामान खरिद गर्न बजार निस्किएका छैनन् ।
त्यसैले पनि बजार सुनसान भएको छ भने व्यापार नै नभएको व्यापारिहरुको गुनासो छ । ठमेल क्षेत्रमा आन्तरिक ग्राहक भन्दा पनि पर्यटकहरु किनमेलका लागि बढी आउने क्षेत्र हो ।
पर्यटकिय क्षेत्र भएपनि यसवर्ष पर्यटकहरु नै देख्न पाइदैन् । त्यसैले पर्यटकलाई लक्षित गरि खोलिएका पसलहरु पनि प्राय बन्द हुने गरेको देखिएको छ ।
कोभिडका कारण उपभोक्ता नभएपछि व्यापारीक क्षेत्र सुनसान मात्रै भएको छैन यसको असर समग्र अर्थतन्त्रमा समेत पर्ने देखिएकोछ ।