कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप १४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६१४ पुग्यो
Saturday, October 10th, 2020, 4:48 pm
amit
काठमाण्डौ, २४ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा २ जना महिला र १२ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
धादिङमा ३१ बर्षीया महिला र काठमाण्डौमा ६८ बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
त्यस्तै, सुनसरीमा ४५ बर्षीय पुरुष, मोरङमा २० र ७२ बर्षीय पुरुष, सर्लाहीमा ७१ बर्षीय पुरुष, काठमाडौंमा ४८ र ९० बर्षीय पुरुष, ललितपुरमा ४३ र ४९ बर्षीय पुरुष, भक्तपुरमा ६८ बर्षीय पुरुष, मकवानपुरमा ७७ बर्षीय पुरुष, नवलपरासी पूर्वमा ३६ बर्षीय पुरुष र रुपन्देहीमा ५७ बर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ भने नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ०.५८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।