कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप २२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६३६ पुग्यो
Sunday, October 11th, 2020, 4:53 pm
amit
काठमाण्डौ, २५ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५ जना महिला र १७ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
काठमाडौमा ६६ वर्षीया महिला, सुनसरीमा ६३ वर्षीया महिला, धनकुटामा ६१ वर्षीया महिला, चितवनमा ७५ वर्षीया महिला र मकवानपुरमा ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
त्यस्तै, काठमाण्डौमा ६०, ७०, ७५ र ८३ वर्षीय पुरुष, सर्लाहीमा ३८ वर्षीय पुरुष, ललितपुरमा ४९, भक्तपुरमा ४४ र ५७ वर्षीय पुरुष, नुवाकोटमा ७७ वर्षीय पुरुष, सुनसरीमा ६५ वर्षीय पुरुष, चितवनमा ६९, ४७ र ९८ वर्षीय पुरुष, सिन्धुपाल्चोकमा ६३ वर्षीय पुरुष, रुपन्देहीमा ६०, ६१ र ८४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ भने नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ०.५९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।