सेनेगलका पूर्वमिडफिल्डर पापा बौबा डोपको निधन
Monday, November 30th, 2020, 12:39 pm
amit
काठमाडौं, १५ मंसिर । सेनेगलका पूर्वमिडफिल्डर पापा बौबा डोपको निधन भएको छ । , फुलहम र पोर्ट्समाउथबाट व्यवसायिक फुटबल खेलेका उनकाे निधन भएकाे सेनेगल फुटबल महासंघले जनाएकाे छ ।
फुटबलको सर्बोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघले सामाजिक सञ्जालमा ‘एक पटक विश्वकपमा हिरो, सधैं विश्वकपका हिरो’ भन्दै सेनेगलका पूर्व मिडफिल्डरको प्रशंसा गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।
प्रिमियर लिगको १२९ खेलमा सहभागी हुनुभएका पापा इंग्ल्याण्डको वेष्टहम यूनाइटेड र बिर्मिघंम सिटिका लागि प्रतिनिधित्व गरेका थिए । सन् २००२ को विश्वकपमा राष्ट्रिय टोलीमा सहभागी उनले फ्रान्सविरुद्धको खेलमा सेनेगलले १–० को जित हात पार्दा एक मात्र निर्णायक गोल गरेका थिए ।
सेनेगल सन् २००२ को फिफा विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा गरेको थियो । लिग चरणमा उरुग्वेविरुद्धको खेल ३–३ को बराबरीमा सकिदा पापाले सेनेगलका लागि दुई गोल गर्नुभएको थियो ।
उनले चार पटक अफ्रिका कप अफ नेशन्समा सेनेगलको प्रतिनिधित्व गरे । सन् २००२ मा सेनेगल अफ्रिका कप अफ नेशन्सको उपविजेता भएको थियो । सन् २०१३ मा पापा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे ।
सन् २००८ मा पोर्ट्समाउथले एफ ए कपको उपाधि उचाल्दा पापा विजेता टोलीको सदस्य थिए । सेनेगलका राष्ट्रपति म्याकी सालले पापा डोपको निधन सेनेगलका लागि ठूलो क्षति भएको प्रतिक्रिया दिएका छन् ।