चीनले गर्यो अर्को अन्तरिक्ष यानको चन्द्रमामा सफलतापूर्वक अवतरण
Wednesday, December 2nd, 2020, 2:06 pm
amit
बेइजिङ । चीनले अर्को अन्तरिक्ष यानको चन्द्रमामा सफलतापुर्वक अवतरण गरेको छ । चीनले आफ्नो रोबोटिक चाङ्ग-अ फाइभ अभियान अन्तर्गत गए राति उक्त यान चन्द्रमाको सतहमा अवतरण गरेको हो ।
चीनको पछिल्लो चन्द्र अभियानको अनुसार चन्द्रमामाबाट चट्टान तथा धूलो सङ्कलन गरेर पृथ्वीमा फर्कनु रहेको छ ।
चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ केही दिन वरपरको क्षेत्र अवलोकन गरेर अनि सामग्रीहरू सङ्कलन गर्नेछ जुन ल्यान्डरमा क्यामेरा, स्पेक्ट्रोमिटर तथा रेडार जस्ता यन्त्र जडित गरिएको छ ।
जसको सहायताले भुइँबाट ढुङ्गा वा धूलो उठाएर करिब दुई किलो सामानलाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाएर त्यसलाई पृथ्वीमा फर्काउनेछ । यदि फर्कन सफल भएमा सन् १९७० को दशकयताकै चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्र अभियान हुनेछ ।
यसै महिनाको अन्त्यतिर उक्त यान भित्री मङ्गोलिया क्षेत्रको घाँसे मैदानमा उत्रनेछ । यो अभियान सफल भए अन्तरिक्षको महाशक्तिको रूपमा बेइजीङ्को आफ्नो हैसियत बढ्नेछ ।
चीनले यसअघि सन् २०१३ मा चाङ्ग-अ थ्री अनि गत वर्ष चाङ्ग-अ फोरसहित दुईपटक चन्द्रमामा आफ्ना यानको सफल अवतरण गराइसकेको छ ।