विमल घर्तीमगर राष्ट्रिय टोलीमा फर्किए
Thursday, December 3rd, 2020, 10:54 am
amit
काठमाडौं, १८ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई छनोट गरेको छ । छनोटमा परेकामा २४ नयाँ खेलाडी छन् ।
प्रशिक्षक बालगोपाल महर्जनले बङ्गलादेशसंँग गत महिना भएको दुई मैत्रीपूर्ण खेलअघिको प्रशिक्षणमा सहभागी सबै ३४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेका हुन् ।
टोलीमा विमल घर्ती मगर, सन्तोष तामाङ र दिनेश राजवंशी एक वर्षपछि बन्द प्रशिक्षणका लागि छनोट भएका छन् । एक वर्षअघि तीनै खेलाडी एन्फाको अनुशासनको कारबाहीमा परेका थिए । बन्द प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा सञ्चालन गरिनेछ।
सन् २०२२ मा हुने फिफा विश्वकप तथा सन् २०२३ मा आयोजना हुने एएफसी एशियन कपको छनोटका लागि एन्फाले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।
टोलीमा परेका खेलाडीहरुः
गोलकिपर– विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, किरणकुमार लिम्बू, विकेश कुथु, अर्पण कार्की र देव लिम्बू ।
डिफेन्डर– सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ. निशान खड्का, छिरिङ गुरुङ, दिनेश, रञ्जदीप पौडेल, सुरज विक, आशिष गुरुङ, रोहित चन्द र दिलेन मोक्तान ।
मिडफिल्डर– अशोक थापा, सुवास गुरुङ, दीपेश आले मगर, तेज तामाङ, सुजल श्रेष्ठ, विशाल राई, जर्ज प्रिन्स कार्की, मिक्छेन तामाङ, सन्तोष, सुनिल बल, हेमन्त थापा मगर, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, रवि पासवान, पुजन उपरकोटी र त्रिदेव गुरुङ ।
फरवार्ड– राजेश परियार, विमल राना, अञ्जन विष्ट, विमल, अभिषेक रिजाल, रेजिन सुब्बा, राजीव लोप्चन, आशिष लामा, प्रिजेन तामाङ, भरत खवास, नवयुग श्रेष्ठ र दर्शन गुरुङ ।