कोसीटप्पुका दुई अर्ना चितवनमा
Friday, January 27th, 2017, 12:31 pm
amit
चितवन, १४ माघ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई वटा अर्ना आज बिहान चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा ल्याइपुर्याइएको छ ।
ती अर्नालाई वनमन्त्री शङ्कर भण्डारी र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मानबहादुर खड्कालगायतको उपस्थितिमा निकुञ्जको पदमपुर क्षेत्रमा आजै छोडिने कार्यक्रम रहेको छ ।
निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा यी जनावरका लागि खुल्ला खोर ९इन्क्लोजर० निर्माण सम्पन्न गरिएको छ भने त्यहाँसम्म पुग्ने सडक पनि मर्मत गरी तयार पारिएको छ ।
बाघले अर्नाको सिकार गर्ने भएकाले खुल्ला खोरमा राख्ने व्यवस्था गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेकाले अर्ना बथानमा परिणत नभएसम्म खुल्ला खोरमै राख्ने तयारी गरिएको छ । बाघजस्ता मांसाहारी जनावरबाट बच्नका लागि प्रकृतिले अर्नालाई बथानमा बस्ने स्वभाव दिएको कँडेलले बताउनुभयो ।
कँडेलका अनुसार दुई हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा खोर निर्माण गरिएको छ ।
भुइँमा सोलिङ गरेर जालीलाई पिसिसीले च्यापेर ६ फिट अग्लो खोर बनाइएको उहाँले बताउनुभयो । खोरमा वरिपरि सोलार फेन्सिङ गरिएको छ । जसका कारण अन्य जनावर खोरभित्र पस्न सक्ने छैनन् ।
इन्क्लोजरभित्र ४०० मिटर लामो र १५ मिटर चौडा भएको पानीको ताल बनाइएको छ भने बाँकी भाग घाँसे मैदान हो ।