चर्चित गायक प्रकाश ओझा दश बर्षका लागी जेल चलान
Saturday, January 28th, 2017, 2:39 am
amit
काठमाडौं– चर्चित गायक तथा हास्य कलाकार प्रकाश ओझा मानव वेचबिखन तथा ओसार पसार मुद्धामा दश बर्षका लागी जेल चलान भएका छन् । २०७३ माघमा जिल्ला अदालत सुनसरीले ओझालाई दश बर्ष कैद सजायको फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि फरार भएका ओझालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले शुक्रवार काठमाडौंको शंखमुलबाट पक्राउ गरेर फैसला कार्यान्वयनका जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।
जिल्ला अदालत काठमाडौंको आदेशले ओझालाई कैद भुक्तानका लागी केन्द्रिय कारागार सुन्धारा पठाईएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।
गायक ओझाले २०५९ सालदेखि लगातार दुई बर्षसम्म तीनजना नाबालिककासँग अनैतिक सम्वन्ध राखेर खिचीएका अश्लिल भिडियो सार्वजनिक गर्ने धम्की दिएर पटक–पटक यौन शोषण गर्दै आएको अदालतले ठहर गरेको थियो ।
साथै पिडितहरुलाई थाहै नदिर्इं यौन शोषण र अप्राकृतिक मैथुन गरेको फोटो खिचेर वेवसाइटमा समेत राखेर बेच विखन गरेको ठहर गर्दै सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरेको फैसला उल्टाएको थियो ।
सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउदै १० दिनअघि मानव बेचबिखन तथा ओसारपसारका दुई मुद्दामा ५–५ वर्षको सजाय सुनाएको थियो। इटहरी घर भएका ओझा काठमाडौंमै लुकीछिपी बसेर गीत रेकर्डिङसमेत गर्ने गरेको व्यूरोले दाबी गरेको छ। अदालतले कैद फैसला गरेलगत्तै ओझा फरार थिए।
ओझाले गाएको ‘बाहुले बिहे गर्देनन् पोहोर पनि, भत्काइदिन्छु बाख्राको खोर पनि’, ‘सोल्टिनी नानी’ लगायत बोलका गीत निकै चर्चित छ ।