नेपालगन्जको गुम्बा नाला निर्माणमा ढिलाई
Tuesday, March 23rd, 2021, 12:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० चैत
नेपालगन्ज उप–महानगरपालिका–२ मा पर्ने गुम्बा नाला निर्माण सुचारु गरिनुपर्ने स्थानीयवासीहरुले माग गरेका छन् ।
एडिबीको आर्थिक सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाको ‘भेरियसन अर्डर’मा भइरहेको नालाको निर्माण कार्य नेपालगन्ज उप–महानगरको नगरकार्यपालिकाको निर्णयले अवरुद्ध गरिदिएको उनीहरुको भनाइ छ । यस विषयमा कालपृष्ठ दैनिकले चैत ४ गते समाचार प्रकाशन गरेको थियो ।
स्थानीय न्यूरोड टोल सुधार समितिले सोमबार पत्रकार सम्मेलन आयोजना गरेर उप–महानगरपालिकाले उक्त निर्णय सच्याउनेतर्फ चासो नदिएको बताएको छ । समितिका अध्यक्ष गोपाल गिरीले पत्रकार सम्मेलनमा भने, ‘उपमहानर योजना बनाएर निर्माण गर्नुपर्ने यस नालाको एडिबिले बजेट दिएर निर्माण गरिरहेका बेला नगरकार्यपालिकाले यस नालालाई अधुरै छोडेर अर्कै नाला निर्माण गर्ने निर्णय ग¥यो । त्यसपछि, निर्माण कार्य रोकिएको छ । नाला आसपासमा डुबान सृजना भएको छ ।’
२०७७ साल पुस २ गतेको नगरकार्यपालिकाको बैठकले उक्त नाला थप निमार्ण गर्नुपर्ने आवश्यकता नभएको निर्णय गरेको छ । गुम्बा नालाको निर्माणबाट बच्न जाने ‘स्टोन मेसिनरी’ र ‘ब्रिक मेसिनरी’ दोन्द्रा नाला निर्माणमा प्रयोग गर्ने निर्णय नगरकार्यपालिकाले गरेको छ । उक्त निर्णयमा भनिएको छ, ‘निर्माणाधिन गुम्बा नालाको कतिपय ठाउँहरुमा घरहरु निर्माण भइसकेकोले उक्त ठाउँहरुमा नाला निर्माण गर्न आवश्यक नदेखिएको ।’
उक्त निर्णययता नाला निर्माणको चलिरहेको कामसमेत रोकिएको

र पानीको निकास समेत नखोलिएको अध्यक्ष गिरीले बताए । ‘करिब तीन हप्ताअघि बन्द गरिएको नालाको पानीको निकास खोलिएको छैन । नाला आसपासमा फोहोर पानी जमेर डुबानजस्तै अवस्था सृजना भएको छ । त्यसो हुनुमा नगरकार्यपालिकाको उक्त निर्णय नै कारण हो,’ गिरीले भने ।
नालामा थिग्रिएको पानीका कारण हाते नलमा दुर्गन्धित पानी आउन थालेको स्था
नीय बताउँछन् । फोहोर पानीका कारण लामखुट्टेको बिगबिगी पनि बढेको उनीहरुको भनाइ छ । गुम्बा नालामा पानी बढी भएर न्यूरोडको सेतु विक चोकमा पनि सडकमै पानी निस्कने गरेको छ ।
स्थानीयवासी एवं व्यवसायीक अगुवा कृष्णप्रसाद श्रेष्ठले आफूहरुले घरका संरचनासमेत भत्काएर नाला निर्माणमा सहयोग गर्दै आएको बताए । ‘यस नालाका लागि एडिबीले आर्थिक सहयोग गर्नु खुसीको कुरा थियो । उसले सहयोग गरिरहेका बेला यहाँका जनतालाई थाहै नदिई बिनाकारण योजना अन्त सार्नु हुँदैनथ्यो । हामी यो नाला पूर्णरुपमा निर्माण होस् भन्ने चाहन्छौं ।’ श्रेष्ठले भने ।
उक्त नाला नबन्दा स्थानीयलाई मात्रै नभई नेपालगन्ज भरी सुधार भएका ढल तथा नालाहरुको प्रतिफल देखिन नसकेको श्रेष्ठको भनाइ छ । ‘सबै नालाको निकास कहीँ न कहीँबाट गुम्बा नालासँग जोडिन्छ । यस नालालाई पूरा गरियो भने नेपालगन्जको डुबानको अधिकांश समस्या पनि समाधान हुन्छ,’ उनले भने ।
करिब ९ सय मिटरको नालामा करिब १२५ मिटर नालाको ट्रयाक समेत नखोलिँदै चलिरहेको योजना उपमहानगर कार्यपालिकाले निर्णय गरेर अन्तै सारिदिएको छ । स्थानीयवासीहरु कार्यपालिकाको निर्णय सच्याएर एडिबिलाई काम गर्न दिनुपर्ने नभए उपमहानगर आफंैले बजेटको व्यवस्था गरेर भएपनि नाला निर्माण पूरा गर्नुपर्ने माग गरिरहेका छन् ।
निर्माण पूरा भएको भनिएको क्षेत्रको नालामा पनि घरको भित्ता परेको क्षेत्रमा नालाको लागि ‘वाल’ नै लगाइएको छैन । घरको भित्तालाई नै ‘वाल’ मानिएको छ । यसैगरी नालामाथि ढक्कनसमेत लगाइएको छैन । स्थानीयहरु उक्त नालाको विस्तृत योजना बनाएर निर्माण पूरा गर्नुपर्ने माग गर्छन् ।
फोटो ः नाला थुनिँदा नेपालगन्ज उप–महानगरपालिका–२, बौद्ध गुम्बा अगाडि जम्मा भएको पानी । फाइल तस्बिर