नरेश रावल प्रमोटरको रूपमा चयन
Monday, April 12th, 2021, 8:10 am
Kalpristha
काठमाडौं, चैत ३० गते
आईटीटीएफ फाउन्डेशन, जर्मनीले टेबुल टेनिस मार्फत “महिला सशक्तीकरण गर्ने ’’ मुुल नाराका साथ वल्र्ड टेबल टेनिस डे २०२१ विश्वभरि मनाई रहेको छ । यस कार्यक्रमलाई नेपालमा मनाउन आईटीटीएफ फाउन्डेसनले आईटीटीएफ मान्यता प्राप्त टेबुल टेनिसका लेवल २ प्रशिक्षक र अन्र्तराष्ट्रिय अम्पायर समेत रहनुभएका नरेश रावललाई एउटा प्रमोटरको रूपमा चयन गरेको छ ।
“सरोज टेबल टेनिस फार आल एकेडेमीे’’ का संस्थापक र प्रशिक्षक समेत रहनुभएका नरेशले चन्द्रगीरी स्थित भकुण्डे चौर युुवा समाजमा आयोजना गरेका थिए ।
एकेडेमीले कार्यक्रममा सहभागी बच्चाहरूलाई टेबल टेनिस ब्याट, बल र टी–शर्ट वितरण गरेको थियो । प्रमुुख अथिति चन्द्रगीरीका मेयर घनशयाम गीरीले सहभागीलाई टेबुल टेनिस खेल्न प्रेरणादायी भाषण दिनुभएको थियो ।
त्यस्तै विशिठ अथिति ब्एँ का टेबल टेनिस कोच र पुुर्व राष्ट्रिय खेलाडी राजेन्द्र दुुलालले पनि केटीहरु र महिलाहरुलाई टेबुल टेनिस खेल्न प्रेरित गर्नुभयो । प्रशिक्षक नरेशले टेबुल टेनिसका विभिन्न अभ्यास , व्यायाम देखाउनका साथै सहभागीहरूसँग समेत खेलेका थिए ।
टेबल टेनिसको माध्यमबाट महिला सशक्तिकरणको यस कार्यक्रममा केटीहरु र महिलाहरूको ठूलो सहभागिता रहेको थियो ।केटीहरु र महिलाहरुमा टेबल टेनिसको रुचि, आकर्षण र महत्त्व को विकास गर्न कार्यक्रम सफल रहेको प्रशिक्षक नरेशको विश्वास रहेको थियो ।
कार्यक्रमलाई सफल बनाउने सबै सहभागीहरू, आईटीटीएफ फाउन्डेशन, जर्मनी, चन्द्रगीरीका मेयर घनशयाम गीरी , टेबल टेनिस कोच राजेन्द्र दुुलाल र सभापति सिम्रन बानिया भकुण्डे चौर युुवा समाजको साथै अन्य समर्थकहरूलाई समेत “सरोज टेबल टेनिस फार आल एकेडेमीे’’ का च्येरपर्सन सन्जु थापाले धन्यवाद दिनुभयो ।