ईराकी नागरिकलाई न्युयोर्कमा थुने पछि अमेरिकन सरकार र राष्ट्रपति डोनाल्ड ट्रम्प माथि मुद्धा दायर
Sunday, January 29th, 2017, 4:36 am
amit
न्युयोर्क- इराक बाट अमेरिका आएका दुई ईराकी नागरिकलाई न्युयोर्कमा थुने पछि वकिल द्वारा अमेरिकन सरकार र राष्ट्रपति डोनाल्ड ट्रम्प माथि मुद्धा दायर गरेका छन् l
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश दिदै ७ वटा मुस्लिम देशलाई ९० दिनको लागि यात्रा प्रतिबन्ध गरेका कारण ईराकी नागरिक मिद खालिद दार्विस तथा हैदर समिर अब्दुल कलेक लाई थुनिएको हुनाले थुनुवा परेका ईराकी को तर्फ मुद्धा दायर गरेको न्युयोर्क टाइम्सले समाचार लेखेको छ l
उनीहरुलाई शुक्रबार न्युयोर्कमा पक्राउ गरि थुनामा राखिएको कारण मुद्धा दायर भएको छ l न्यायालयको कागजात अनुसार दुवै जनालाई कानुनी रुपमा अमेरिका आउने स्वीकृत गरेको तर राष्ट्रपति ट्रम्पले शुक्रबार नै कार्यकारी आज्ञा दिएका थिए l
अधिवक्ताहरुले नजरबन्दी अवैध हो भन्दै सुनुवाईको माग गरेका छन् भने उनीहरुले सम्पूर्ण शरणार्थीको तर्फ बाट क्लास एक्सन (वर्गीकरण मुद्धा) अन्तर्गत मुद्दा दायर गर्ने भएका छन् l उनीहरुलाई जेकेएफ अन्तर राष्ट्रिय बिमान स्थल न्युयोर्कमा थुनिएको छ भने ह न्युयोर्क टाइम्सले जनाएको छ l