व्यावसायमा जोडिए किर्तिमानी धावन यामसाजन
Friday, April 16th, 2021, 8:04 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ वैशाख
नेपाली एथ्लेटिक्सका किर्तिमानी खेलाडी यामसाजन सुनारले व्यावसायिक यात्राको थालनी गरेका छन । उनले कोहलपुर नगरपालिका–११ स्थित विवेक सुन चाँदि पसलको सुरुआत गरेसँगै व्यवसायसँग जोडिएका हुन । नयाँ वर्षको अवसर पारेर उद्घाटन गरिएको विवेक सुन चाँदि पसलमा सुनचाँदिका गरगहना बिक्री र निर्माण गर्ने काम गरिन्छ । खेलसँगै आर्थिक पक्षलाई बलियो बनाउन व्यावसाय सुरुआत गरेको बताउँछन कीर्तिमानी खेलाडी सुनार । करिब २ करोड लगानीमा स्थापना गरिएको विवेक सुनचाँदी पसलले उद्घाटनको अवसरमा नयाँ अफर दिने पनि घोषणा गरेको छ ।
जस अनुसार पसलमा आउने ग्राहकलाई ज्यालामा ५० प्रतिसत छुटको व्यवस्था गरिएको छ । एक समारोहका बिच सासद महेश्वर गहतराज र कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले विवेक सुनचाँदि पसलको शुभारम्भ गरेका थिए ।
एथलेटिक्स खेलाडी सुनारले नयाँ वर्षको सुरुआतसँगै नयाँ जिम्मेवारी थपिएको बताए । उनले भने,‘खेलकुदमा मलाई माया गर्ने, हौसला दिने थुप्रै जना हुनुहुन्छ । व्यावसायिक क्षेत्रमा मलाई यस्तै सहयोग र माया प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु ।’
नेपाली खेलकुदमा १ सय मिटर, २ सय मिटर जस्ता विधामा राष्ट्रिय किर्तिमानलाई उछिन्न सफल खेलाडी हुन सुनार ।
तत्कालिन मध्यपश्चिम खेलकुद विकास समितिको टोलीबाट नेतृत्व गर्दै सुनारले विभागीय टोली नेपाल पुलिस क्लब, आर्मीबाट खेलेका छन । उनलाई नेपाली एथलेटिक्समा छोेटो दुरीमा अब्बल धावकका रुपमा चिनिन्छ ।