१ सय १ जनामा कोरोना पुष्टि, तीनको मृत्यु
Sunday, April 18th, 2021, 10:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ वैशाख
बाँकेका थप एक सय एकजनामा कोरोना संक्रमण पुष्टि हुँदा तिन जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार आइतबार जिल्लामा थप ४५ जना महिला र ५६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार बाँके, बर्दिया र दैलेख घर भएका संक्रमितको आइतबार भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशाला गरिएको परिक्षणमा १६ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशाला गरिएको परिक्षणमा ३२ मा संक्रमण पुष्टि भएको हो । साथै अन्य विभिन्न जिल्लाका १७ महिला र २७ पुरुष गरी ४४ जनामा पनि संक्रमण देखिएको छ ।
जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या पाँच हजार चार सय १३ पुगेको छ ।
त्यसैगरी जिल्लामा १३ जना संक्रमितहरु संक्रमण मुक्त भएको केन्द्रले जनाएको छ । हालसम्म बाँकेमा कूल चार हजार सात सय ४३ जना संक्रमण मुक्त भएको छन् ।
देशभरमा भने एक हजार १५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै दुई सय ६२ जना संक्रमण मुक्त भएको मन्त्रालयसँग तथ्यांक रहेको छ ।
देशभरका विभिन्न स्थानमा गरी आठजना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा तीन हजार ८३ जना संक्रमितको मृत्यु भई सकेको छ भने कूल दुई लाख ८४ हजार ६ सय ७३ जनामा संक्रमण पुष्टि भई सकेको छ । साथै हालसम्म दुई लाख ७५ हजार तीन सयजना संक्रमण मुक्त भई सकेका छन् ।
हालसम्म नेपाल २३ लाख ४५ हजार पाँच सय एकजनाको पीसीआर परीक्षण भई सकेको मन्त्रालयले जनाएको छ ।