कस्ले किन्ने किसानका तरकारी
Friday, April 30th, 2021, 11:07 am
Kalpristha
विक्रम बुढाक्षेत्री
खजुरा, १७ वैशाख
कृषि प्रधान र जलस्रोतको दोस्रो धनी देश भनेर हाम्रो नेपाललाई चिनिन्छ । बाँकेलगायत नेपालका अधिकांश भू-भागमा कृषि गर्ने जनताको संख्या अन्य पेशा भन्दा धेरै रहेको छ । एक दशक अघि र पछिको अवस्था हेर्ने हो भने, बाँकेमा व्यवसायिक कृषि गर्ने कृषकको संख्या बढ्दो छ । जसको पृष्टि अहिले भारतबाट नेपाल आउने तरकारीको संख्याले गर्दछ ।
बाँकेका किसान आफैं भन्छन्, जिल्लामा खपत हुने ९० प्रतिशत हरियो तरकारी जिल्लामा उत्पादन भएको तरकारीले पूर्ति गर्छद । तर यतिखेर बाँकेका कृषकहरु धेरै विचल्लीमा परेका छन् ।
गत वर्षदेखि विश्वव्यपिरुपमा फैलिएको कोभिड-१९ का जिल्लाको खजुरा गाउँपालिकाका किसानलगायतलाई प्रत्यक्ष असर परेको छ । अहिलेको अवस्थामा त झन उनीहरुको तरकारी कस्ले किन्दिन्छ भन्ने चिन्ताले उनीहरुलाई सताइ रहेको छ । यहाँसम्मकी अहिले खजुरा गाउँपालिकाका किसानले उत्पादन गरेका तरकारी बारीमै सडिरहेका छन् । बस किसान मुखदर्शक भएर हेर्नेबाहेक अरु केही गर्न सकिरहेका छैनन् ।
जिल्लामा भारतबाट ठूलोमात्रामा आलु, प्याज, लसुन र केहीमात्रामा अन्य तरकारी आयात हुन्छ । गत वर्ष जिल्ला ६ महिना बन्द रहँदा प्याजको मात्र अभाव देखियो भने अन्य तरकारीको पूर्ति जिल्लाका किसान आफैंले गर्न सकेका थिए । तर अहिले चालू भएको दोस्रो चरणको बन्दले किसानले उत्पादन गरेको तरकारी बारीमै थन्किएको छ ।
नेपालगन्ज बजारमा हाल टमाटर प्रतिकिलो ५० रुपैयाँदेखि ७० रुपैयाँसम्म बिक्री भई रहेको छ । तर किसानमा रहेको टमाटर प्रतिकिलो १० रुपैयाँमा पनि बिक्री हुन सकेको छैन । कारण बन्दले गर्दा कोहीपनि व्यापरी किसानको बारीमा पुग्न सकेका छैनन् ।
दोस्रो चरणको कोभिडको प्रभाव पहिलोको तुलनामा धेरै खतरनाक देखिएको सबैमा वितितै छ । कोभिड प्रभावले संक्रमित दर र मृत्यु दर पनि अघिल्लो तुलनामा धेरै त छैदछ । फैलिने दर पनि तीव्र रहेको छ । कोभिड डरले गर्दा किसानका तरकारी बजार आउन सकेका छैनन् भने व्यापारी पनि किसानका बारीसम्म पुग्न सकिरहेका छैनन् ।
खजुरा गाउँपालिकाका किसान लालबहादुर खत्री आफूले उत्पादन गरेको लाखौं लाख मूल्यको टमाटर बारीमा सडिरहेको हेर्न बाध्य छन् । यहाँसम्मकी उनी बारीमा तरकारी सडेको देखेर बारीमा जानै मन नलाग्ने बताउँछन् ।
ॅबारी भरी टमाटर फलेका छन् । तर बिक्री होला भन्ने कुनै भेउ नै पाउँदिन । अब त बारीमा जानपनि मन लाग्दैन,’ खत्रीले भने ।
खत्रीले कूल चार बिघा क्षेत्रफलमा टमाटर लगाएका छन् । जसमध्ये दुई विघा क्षेत्रफलमा उनले टमाटर खेती गरेका छन् । हाल उनको बारीमा टमाटर लटरम्म फलेको छ । चारैतिर रात्तै टमाटरमात्र देखिन्छन् । तर टमाटर बिक्री गर्न कुनै ठाउँ नै उनले पाएका छैनन् ।
खत्री भन्छन्, ॅअहिले कोभिडले गर्दा चारैतिर बन्द छ । कोही व्यापारी पनि तरकारी किन्न आउँदैनन् । अब यो समयमा घर-घर गएर पनि बिक्री गर्ने अवस्था छैन । के गर्ने अब बारीमै सड्न दिनुको कुनै विकल्प छैन ।’
खत्रीले बारीमा टमारटलगायत करेला, बोडी, भेन्टा, भिन्डी लगायतका छन् । उनको बारीमा हाल करेला, भेन्टा, भिन्डी भरपुर फलेको छ ।
खत्री चैत महिनासम्म दिनको ७० देखि एक सय केरेटसम्म टमाटर बिक्री भई रहेको बताउँछन् । तर बैशाख लागेपटि टरमारलगायतका तरकारी नै बिक्री नभएको उनले बताए । खत्रीका अनुसार हाल उनलेको बारीमा एक हजार केरेट जति टमाटर रहेको छ । जसको मूल्या आठ खालको हाराहारीमा हुन आउँछ ।
खत्रीले कोभिडका कारण लाखौं लाख क्षतित ब्याहोरी रहेका छन् । त्यसमाथि धेरैको रोजगारपनि गुमेको छ । खत्रीले भने, ॅमसँग चैतसम्म आठ/नौजना काम गर्ने मानिस थिए । त्यसमा चारजना त तलबी पनि थिए । अहिले सबै बन्द छ । तरकारी पनि बिक्री भएको छैन । कर्मचारीलाई पनि तलब दिन नसकेपनि अहिले दुईजनामात्र काम गर्ने मानिस छन् ।’
खत्रीका अनुसार उक्त क्षेत्रमा उनीजस्ता अन्य किसानले लगाएको तरकारीको अवस्था पनि उस्तै छ । सो क्षेत्रमा लगाइएको २० बिघा क्षेत्रफलको टमाटर अहिले क्षति भएको उनले बताए ।
खत्री जिल्लामा रहेका सस उत्पादक कम्पनीले खजुरामा उत्पादन भएका टमाटर खरिद गरेर त्यसको प्रयोग गर्न सक्ने बताउँछन् ।