लागूऔषध दुर्व्यसन, प्रभाव अनि पुनर्स्थापन
Sunday, June 27th, 2021, 7:30 am
Kalpristha
डा. केदार कार्की
बदलिँदै गरेको सामाजिक मान्यताहरु, केही नयाँ गर्ने चाहना तथा थरी-थरीका तनाव आदि यस्ता कैयौं कारणहरु छन् जसका कारण समाजमा लागूऔषधहरुको प्रचलन तीव्र गतिले बढ्दो छ । सबैभन्दा चिन्ताजनक कुरा यो छ कि यसको शिकारमा युवायुवतीहरुको प्रतिशत द्रुत गतिले बढ्दोछ । युवाहरुमा लागूऔषधको शुरुवात प्रायजसो स्कूलमा मीठो सुपारी एवम् सादा मसला, गुड्खाबाट शुरु हुन्छ जुन विस्तारै तम्बाखुयुक्त गुटखा र सिगरेट हुँदै लागूऔषधसम्म पुग्दछ । साथीहरुको दवाव अथवा सामाजिक चक्रव्यूहहरुमा फरेका युवायुवतीहरु जब एकपटक यसको नियन्त्रणमा आउँछन् भने तिनीहरुलाई यस दलदलबाट निकाल्न धेरै दुष्कर हुने गर्दछ । तर यदि अभिभावकले आफ्ना छोराछोरी माथि बराबर निगरानी राखे एवं तीनका गतिविधिहरु अध्ययन गरे भने तिनको व्यवहार एवम् चालचलनलाई हेरेर यस विमारीलाई शुरुमा नै ठम्याउन सक्दछन् ।
लागूऔषधको प्रकार/किसिम
लागूऔषधकाला उपयोग गरिने औषधिहरु तीन प्रकारका हुन्छन् । पहिलो अपर्स ९ग्एएभ्च्क्० भनिन्छ । यो औषधिहरुले दुर्व्यसनीहरुलाई बढी उर्जा एवम् आत्मविश्वासको अनुभूती गराउँछन् । केही सामान्य अपर्सहरुमा कोकेन, एकसटेसी एवम् क्रेक कोकेन पर्दछन् । दोश्रो प्रकारको लागू औषधिहरु डाउनर्स ९म्यधलभचक० भनिन्छ । यसलाई प्रयोग गर्ने व्यक्तिले आफूलाई शान्त वा तनावरहित अनुभूति गर्दछ एवम् धेरै निद्रा लगाउँछ । केही चर्चित डाउनर्सहरु अल्कोहल, ह्याशीस, हेरोइन एवम् क्युलेडस हुन् । तेस्रो श्रेणीको लागूऔषधीहरु विभ्रमजनक औषधि हुन । यिनको सेवन गर्नेलाई भ्रमको अनुभूति हुन्छ वा तिनीहरु गहिरो निद्राको अवस्थामा पुग्दछन् । हेल्युशिनेशन्सहरु सुखद पनि हुन्छन् एवम् डराउने खालका पनि तर पहिलेबाट नै यो कुरा पत्ता लगाउन भने सम्भव छैन । केही चर्चित बिभ्रात्मक जनक औषधिहरुमा एल.एस.डि. एवम् मसकेलिन पर्दछन् ।
प्रचलित लागूऔषधिहरु
क्रिष्टल मेथ
क्रिष्टल मेथको एउटा नाम मेथेम्फेटाइन पनि हो । यो एम्पेथामाइन स्पिड नामक औषधिबाट बनाइन्छ । यसको असर पनि मेथेम्फेटामाइनको जस्तो हुन्छ । यसको सेवनले दुर्व्यसनीलाई भोक लाग्दैन र ऊर्जा तथा गतिविधिहरु बढेर जान्छ । यसको साथै दुर्व्यसनीमा आत्मविश्वास बढ्ने एवम् स्वस्थ्य भएको अनुभूति हुन्छ । क्रिष्टल मेथ सेड्युल-२ उत्तेजक औषधि मानिन्छ । यसको उपयोग धेरैखाले रोगहरुको उपचारमा पनि प्रयोगमा ल्याइन्छ एवम् यो आधिकारिक चिकित्सकको सिफारिस पत्रको आधारमा मात्र विक्रि वितरण गरिन्छ । तर दुर्व्यसनीहरुमा यसको लोकप्रियउताका कारण यो दुनियाभरमा गैरकानूनी तरिकाले बनाइन्छ अनि विक्रिवितरण पनि । यसको दुर्व्यसनीहरुमा हिंस्रक एवम् आक्रामक प्रभाव पनि देख्न पाइन्छ ।
क्रिष्टल मेथलाई सेवन गरिने कौयौ विधि प्रचलित छन् । केही मानिसहरु यसलाई सुँघेर उपयोग गर्दछन् भनते केही मानिहरु यसलाई चुरोटमा मिसाएर धुम्रपानको रुपमा लिन्छन् । त्यही केही मानिसहरु यसलाई खाने रुपमा एवम् त्वयरित नशाका लागि इन्जेक्सनबाट रगतको माध्यमबाट प्रयोग गर्दछन् । भिन्न-भिन्न तरिकाहरुबाट क्रिष्टल मेथलाई उपभोग गर्दा यस औषधिको प्रभाव पनि भिन्न-भिन्न हुन्छ । यसको एउटा अन्य विशेषता यो पनि छ कि दुर्व्यसनीको शरीर धेरै चाँडै यसको बानीमा पर्दछ । क्रिष्टल मेथलाई सजिलै घरमा बनाउन सकिन्छ । यसैले यसको प्रसारलाई रोक्न साह्रै मुस्किल हुन्छ । यही कारणले गर्दा धेरै मानिसहरु यसलाई नोक्सानदायक मान्दैनन् । तर यसको कुलतले मानिसलाई नराम्रोसँग लत्याउँछ जसलेगर्दा यो धेरै खतरनाकरुप लिन सक्दछ । यसको कारणले शरीरमा अनेक किसिमका नराम्रो परिणाम हुने गर्दछ । क्रिष्टल मेथको नशा धेरै चाँडो उत्रिन्छ । त्यसैले दुर्व्यसनीले नशाको असर बनाइराख्नका लागि क्रिष्टल मेथको मात्रा पटक-पटक लिने गर्दछन् । यसबाट क्रिष्टल मेथको अधिक मात्रा वा ज्यादा सेवनको आशंका बनिसक्दछ ।
ब्राउनसुगर
ब्राउनसुगर पाउडरको रुपमा पाइन्छ । वास्तवमा यो एक प्रकारको मिश्रित औषधि हो जसमा कोकेन एवम् हेरोइनको धूलो सहित विभिन्न रसायनहरु जस्तै स्ट्रिचनाइनको मिश्रण हुन्छ । ब्राउनसुगको नशा गर्नेहरु यसलाई फवायल पेपरमा जलाउँछन् र त्यसबाट निस्केको धुँवा स्वासनलीद्वारा शरीरभित्र लैजान्छन् । यो औषधिले तुरुन्त प्रभाव देखाउँछ । जसलेगर्दा दुर्व्यसनीलाई तुरुन्तै निद्रा लाग्दछ । ब्राउनसुगर धरै महँगो हुँदैन तर यसले आफ्नो प्रभावका कारण धेरै चाँडो रोगीलाई आफ्नो कुलतमा फसाउँछ । यसबाट छुटकारा पाउन धेरै मुस्किल हुन्छ । यसका साथै यसको सबैभन्दा ठूलो दुष्प्रभाव यो हुन्छ कि यसको दुर्व्यसनीले आफ्नो हिफाजत आफै गर्न सक्दैन जसले गर्दा उसको यौनशोषणको खतराको आशंका बढेर जान्छ ।
राक कोकेन
राक कोकेनलाई सामान्यतया क्रेकको नामले जानिन्छ र यो क्रिष्टलको रुपमा पाइन्छ । यो शुद्ध कोकेनको तुलनामा सस्तो हुने गर्दछ । शुद्ध कोकेनलाई क्रिष्टलको रुपमा बदलिनको लागि त्यसमा केही अन्य रसायन मिसाइन्छ । यसका दुर्व्यसनीहरुले यसलाई डढाएर धुँवा सुँघने गर्दछन् । यसै कारणले गर्दा युवाहरुमा यसको लत चाँडै बस्दछ र यसको दुर्व्यसनीहरु यसलाई पूरा गर्न आफ्नो घरबार पनि दाउमा लगाउँछन पनि । क्रेकको असर सामानयतया कोकेनजस्तो नै हुन्छ । यसलाई सेवन गर्ने दुर्व्यसनी आफ्रूलाई धेरै उर्जावान एवम् उत्साहित अनुभूति गर्दछन् । यसै कारणले होला यसको दुर्व्यसन युवाहरु माझ तेजिले फैलिन्छ । क्रेक कोकेनका दुर्व्यसनीहरु यसको सेवन पछि असुरक्षित यौन सम्बन्ध पनि स्थापित गर्दछन अनी अपराधको दुनियामा प्रविष्ट हुन्छन् । यसको दुर्व्यसनीहरुमा नाकबाट पानी बग्ने, मानसिक उन्माद, पागलपना, नर्भस डिसअर्डर, वजन कम हुनु, नाकबाट रगत बग्नु जस्ता लक्षण भेटिन्छन् जसलेगर्दा तिनलाई सजिलै पहिचान गर्न सकिन्छ ।
रोहिपनाल
रोहिपनाल वैश्वीक स्रतमा डेट रेप ड्रगका नामले कुख्यात छ । यो औषधिको सेवनले गर्ने कुनै महिलालाई अनुभूति हुन्छ तर यसको विरोध गर्ने क्षमता समाप्त हुन्छ । यसै कारणलेहोला यसलाई पिएपछि युवती/महिलालाई यो थाहा हुन्छ कि उसको यौन शोषण भइराखेको छ तर तिनीहरु यसलाई रोक्न सक्षम हुँदैनन् । यसको अन्य दुष्परिणाम यो हुने गर्दछ कि ती महिलाको शरीरबाट भोलिपल्ट यस औषधिको नशा उत्रिन्छ तब तीनलाई यौन शोषण भएको कुरा सम्झनासम्म हुन्न । रोहपनाल औपाधिले अल्कोहलको प्रभाव बढाउँछ । यसलाई प्रयोग गर्ने व्यक्ति आफूलाई धेरै हलुका भएको पनि अनुभूति गर्दछ । यसै कुरालाई बहाना बनाएर अक्सर पुरुष महिलाहरुलाई रोहिपनाल लिनका लागि दवाव बढाउँछन् अनि तिनीहरुसँग शारीरिक सम्बन्ध बनाउँछन् । यस औषधिको सर्वाधिक दुरुपयोग नाइट क्लबहरुमा देख्न पाइन्छ । जहाँ पुरुषले रोहिपनालको चक्की/पाउडरलाई महिलाहरुको पेयमा मिलाएर पिउन दिन्छन् अनि उनीहरुको यौन शोषण गर्दछन् । रोहिपलाल शेड्युल-६ प्रिस्क्रीपन स्लिपिङ्ग ट्याबलेट मानिन्छ जसलाई आधिकारिक चिकित्सकको सिफारिसविना विक्रिवितरण गर्न पाइदैन । तर प्रायजसो यसका डिलस यसलाई फर्जि प्रिस्कीपनको सहायताले प्राप्त गर्दछन् र युवाहरुलाई बेच्दछन् । यसै कारणले होला महिलाहरु एवम् पुरुषहरुमा रोहिपनालको सेवनका घटनाहरु लगाता बढ्दो छ ।
हशिश
हशिश वास्तवमा केनेविस नामक विरुवाको सुकेको पातहरु हुन्छन् जसलाई चुरोटमा भरेर पिउने गरिन्छ । यसको धुँवाको सेवन पाइपबाट पनि गरिन्छ । यसलाई खानेकुरा वा अन्नमा पनि मिलाइन्छ । यो व्याकको रुपमा बेचिन्छ जसलाई फुटालेर उपयोगमा ल्याइन्छ । धेरैजसो मानिसमा हशिशको प्रभाव तेज कडा रक्सी जस्तो हुन्छ । तर केही मानिसहरुमा यसको प्रयोगले पागलपन सवार हुन्छ । यसैले भनिन्छ कि यसको प्रभाव प्रत्येक मानिसमा बेग्लाबेग्लै हुन्छ । यसको प्रयोगले दुर्व्यसनीहरुमा केही समयका लागि याददारत हराउनु, सिक्ने सोच्नेमा अपठ्यारो हुनु तथा समन्वयमा कमी जस्ता समस्या आइपर्छन । यसले दुर्व्यसनीको शरीरको प्रतिरोधात्मक शक्तिलाई नष्ट गर्दछ जसले गर्दा यसका दुर्व्यसनीहरु अनेक अनेक विरामीहरुबाट ग्रसित हुने गर्दछन् अनि चाँडो निको हुँदैनन् । सँधै सेवन गर्ने दुर्व्यसनी अनिदो हुने गर्दछन् । ती सुस्त मधुरो अवाजमा बोल्दछन् तिनको आँखा रातो हुन्छन् आँखाको नानी फैलिन्छ । यसका कारणले यसका दुर्व्यसनीरु कुनै पनि काम राम्रोसँग गर्न सक्दैनन एवम् तिनको गति धेरै सुस्त हुन्छ ।
हेरोइन
हेरोइनको निर्माण ओपियम पपीबाट गरिन्छ । यो मार्फिनको एउटा रुप हो जुन सेतो वा खैरो पाउडरको रुपमा पाइन्छ । सामानयतया हेरोइनका दुर्व्यसनीहरु यसलाई इन्जेक्सनद्वारा लिन्छन् जसले गर्दा यो तुरुन्त असर देखाउँछ । यस बाहेक यसलाई सुँघेर वा धुँवामा उडाएर पनि उपभोग गरिन्छ । हेरोइनको उपयोगले शरीरका क्रियाहरु सुस्त हुने गर्दछन् । तिनको स्वास एवम् घड्कन मन्द हुने गर्दछ । यसबाट दुर्व्यसनीलाई पीडाबाट मुक्ति मिल्दछ एवम् आनन्दको अनुभूति हुन्छ तर यसका साथसाथै दुर्व्यसनीलाई वान्ता हुने वा वाकवाकी हुने जस्तो अनुभव पनि हुने गर्दछ । यसको दुर्व्यसनको कुलत जवरजस्त हुने गर्दछ । जसलेगर्दा दुर्व्यसनीलाई नशाको असर कायम राख्नका लागि ज्यादा हिरोइनको आवश्यकता पर्दछ जसले गर्दा ओभरडोजको खतरा हुन सक्दछ । हेरोइनका दुर्व्यसनीले जुनबेला यसलाई नियमित रुपले लिन पाउँदैनन् अनि खालीपन अनुभूति गर्न थाल्दछन् । तिनलाई मुटु एवम् फोक्सोजन्य रोग लाग्ने गर्दछ । गर्भवती महिलाले यसको सेवन गरेमा गर्भमा हुर्कदै गरेको बच्चा नराम्रो अपर पर्दछ साथै गर्भपतन हुने खतरा पनि ।
घरपरिवारका सदस्यहरुबाट टाढा टाढा रहनु, अन्तरमुखी हुनु, विद्यालय वा कलेजमा अनुपस्थिति हुनु तथा एकान्त साधनमा लामो समयसम्म बस्नु, कुरै कुरामा रिसाउने तथा हर समय वाझ्न तम्सिनु यसका प्रमुख लक्षण मानिन्छन् । दुर्व्यसनीहरुमा आत्मविश्वासमा धेरै कमी आउँछ । तिनीहरु आफ्नो सरसफाइमा धेरै धेरै लापरवाही हुन्छन् एवम् ब्रस गर्ने, नुहाउने जस्ता नियमित कामहरुलाई पन्छाउने गर्दछन् । यस्ता दुर्व्यसनीहरु हिँड्दा लरखराउने, बोली तुतलाउनु वा भकभकाउनु सामान्य मानिन्छ ।
लागूऔषधका प्रमुख लक्षण
लागूऔषधका दुर्व्यसनीहरुको सबैभन्दा महत्वपूणर् पहिचान तीनको सामान्य दिनचर्या पूणर्रुपले ध्वस्त हुनुलाई मान्य सकिन्छ । तीनलाई सबै बामहरुमा अरुची हुने गर्दछ । घरपरिवारका सदस्यहरुबाट टाढा टाढा रहनु, अन्तरमुखी हुनु, विद्यालय वा कलेजमा अनुपस्थिति हुनु तथा एकान्त साधनमा लामो समयसम्म बस्नु, कुरै कुरामा रिसाउने तथा हर समय वाझ्न तम्सिनु यसका प्रमुख लक्षण मानिन्छन् । दुर्व्यसनीहरुमा आत्मविश्वासमा धेरै कमी आउँछ । तिनीहरु आफ्नो सरसफाइमा धेरै धेरै लापरवाही हुन्छन् एवम् ब्रस गर्ने, नुहाउने जस्ता नियमित कामहरुलाई पन्छाउने गर्दछन् । यस्ता दुर्व्यसनीहरु हिँड्दा लरखराउने, बोली तुतलाउनु वा भकभकाउनु सामान्य मानिन्छ । दुर्व्यसनीहरुमा निद्रामा अनियमितता, भोक कम लाग्नु, आँखा रातो हुनु, आँखा मधुरो हुनु, आँखामुनी सुन्निनु, आँखाको नानी, सियोजस्तो खम्चिनु जस्ता लक्षण सामान्यतया देखिन्छ । दुर्व्यसनीहरुको स्वभावमा अचानक परिवर्तन हुनु, प्रत्येक कुरामा झुट बोल्नु, उधारो लिनु, चोरी गर्नु, वा असामाजिक गतिविधिहरुमा लिप्त हुनु, बहान चलाउँदा पटक-पटक दुर्घटना हुनु, पुराना साथीसँग समय नविताउनु, नयाँ-नयाँ साथीहरु निश्चित बेला घरमा आउनु, अधिक खर्च माग्नु, नपाएमा उत्तेजित एवम् आक्रामक हुनु, सुत्ने कोठा, स्नानघरमा इन्जेक्सनको खाली सिरिन्ज, सिगरेटको माथिको भाग, एल्मुनियमको पातलो कागज जस्तो फ्वाइल, पातलो प्लाष्टिकको पाइप वा धुवाँको कालो निशान भएको सिक्का पाइनु, घरबाट किमती सामान हराउनु जस्ता घट्नाहरु पनि दुर्व्यसनीहरुमा प्रायः देखिन्छन् ।
लागूऔषधको दुर्व्यसनबाट हुने नोक्सानी
यस्ता मानिसहरुको प्रतिशत धेरै छ जो मानसिक तनावबाट मुक्तिका लागि नशालु औषधि लिने गर्दछन् । तिनको सेवनले प्रारम्भमा त राहत महशुश हुन्छ तर अन्त्य धेरै नराम्रो हुन्छ । एकातिर जहाँ यस्ता मानिस अनेक शारीरिक व्याधिहरुको शिकार हुन्छन् त्यही हिस्सा एवम् अपराधी प्रवृत्तिको चपेटामा आउनाले आफूलाई तथा परिवारलाई संकटमा पार्दछन् । नशीली औषधिको रुपमा धेरै प्रख्यात हशिशको धुँवामा चुरोटको तुलनामा पाँच गुणा बढी कार्वन मोनोअक्साइड विना रङ्ग एवम् गन्ध भएको ग्यास हुन्छ । जसले दुर्व्यसनीको ज्यान पनि लिन सक्छ । कोकेन वा क्रेकको वानी बसाउनका लागि यसलाई एक पटक सेवन नै काफि हुन्छ । यसको चाहिने भन्दा बढी मात्रा लिएमा हृदयघात हुने आशंका हुन्छ जसबाट दुर्व्यसनीको मृत्यु पनि हुनसक्छ । नशालु औषधीहरुको सेवनले दुर्व्यसनीलाई गम्भीरखाले डिहाइड्रेशन शरीरमा पानीको कमी हुन सक्छ । यस बाहेक यसको सेवनले मृगौला समबन्धी विकारका अवसाद, डिप्रेशन पनि हुन सक्छ । नशालु औषधिहरुको प्रभावमा दुर्व्यसनीहरुमा निणर्य गर्ने क्षमतामा असर पर्छ जसका कारण दुर्व्यसनी असुरक्षित यौन सम्बन्ध बनाउने जोखिम उठाउने गर्दछ जसले गर्दा एच.आइ.भी. एड्सको सम्भावना बढेर जान्छ ।
यदि आफन्त छोराछोरी, नशालु औषधिको दुर्व्यसनी भए भने
यदि तपाईँलाई यो आशंका भयो कि तपाईँको छोराछोरी नशालु औषध सेवन गर्ने गरेका छन् भने सबैभन्दा पहिले त तपाईँ नशालु औषधिहरु तिनको परिणाम एवम् साधनहरुबारे बढी भन्दा बढी जानकारी हासिल गर्नुस जबसम्म तपाईँको शंका पुष्टि हुँदैन तबसम्म छोराछोरीलाई माथि यसको प्रतिविम्बित गर्नुहोस् । सबैभन्दा पहिले केटाकेटीको कोठा एवम् तिनको सामानहरु जाँच गर्नुस । किनकी लागूऔषध सेवन गर्नेले लागूऔषधसँग जोडिएको सामान आफ्नो झोला, स्नानगृह, सुत्ने कोठा, दराज वा कारमा राख्दछन् । यी सामानमा कैयौं किसिमका कुराहरु शामील हुन्छन् जस्तै चुरोट, शेलिङ्ग पेपर, रोलिङ्ग ह्वील पाउडर, चक्की वा बोटविरुवा, ऐशट्रे वा गोजीमा पाउडर, पातहरु, बीऊ फ्लेवर तमाखु आदि । यदि तपाईँको आशंका सावित भएमा सबैभन्दा पहिले केटाकेटीहरुसँग आफ्नो आशंका बारे कुरा गर्ने कोशिस गर्नुस तर यसमा धेरै सावधानी आवश्यक हुन्छ किनभने यदि उसलाई केही समस्या भए ऊ रिसाएर क्रोधमा कुनै खतरनाक कदम उठाउन सक्दछ ।
आफ्ना छोराछोरीलाई नशालु औषधबाट टाढा राख्नका लागि सबैभन्दा जरुरी यो छ कि ऊ सँग इमान्दारी भरिएको राम्रो व्यवहार गर्नुस् । जब तपाईँ टाढा हुनुहुन्छ भने उसका साथी एवम् तिनको रहनसहन एवम् वानी व्यहोराको जानकारी लिनुस एवम् उनीहरुसित नियमित सम्पर्कमा रहनुस् । यदि तपाईँ विश्वस्त हुनुभयो कि छोराछोरी वा आफन्तले लागूऔषध सेवन गर्ने गरेको रहेछ । लामो समयदेखि भने तपाईँ दुर्व्यसन पुर्नस्थापन केद्र वा संस्थासँग सम्पर्क गर्नुस् । तिनको मद्दतले तपाईँका आफन्त, छोराछोरीलार्य सजिलै नशालु औषधको दुर्व्यसनको चङ्गुलबाट मुक्त गराउन सक्नु हुनेछ । यो वैश्वीक स्तरमा प्रचलित विधि पनि मानिन्छ तर यस्ता पुर्नस्थापन केन्द्र छनौट गर्दा तथा तपाईँको आपन्त भर्ना गर्नुभन्दा पहिले ती पुर्नस्थापना केन्द्रहरुको पूर्वाधारको अवस्थान, मनोविद, मनोरोगविद, चिकित्सक जस्ता जनशक्ति साथ योगध्यान गराउने प्रशिक्षकहरुको सेवा उपलब्ध भए नभउको पुष्टि भने अवश्य गर्नुहोला । अन्यथा आजको स्थितिमा हाम्रो आफ्नो परिवेशमा काठमाडौं उपत्यकामा टोलटोलमा खुलेका बग्रेल्ती पुर्नस्थापना केन्द्रहरु एवम् मोफसलका पुर्नस्थापना केन्द्रहरुमा माथि उल्लेखित सेवा सुविधा त न्यून नै हुने गर्दछ । त्यसैले त बेला बेलामा सुकेधारा, नेपालगञ्ज, झापातिर पुर्नस्थापनाका लागि राखिएका कथाहरु बाहिर आइरहन्छन् । त्यो तपाईँ र तपाईँका आफन्तका लागि प्रत्युत्पादक त हुने नै छ साथै व्यर्थको व्ययभार पनि । यसरी पुर्नस्थापना केन्द्रप्रति आश्वस्त भइसकेपछि तपाईँको दुर्व्यसनी आफन्त, पुर्नस्थापना केन्द्रको जिम्मेवार व्यक्ति अनि तपाईँ आफैं बीच गहन परामर्श एवम् जिम्मेवारी बारे प्रष्ट पारिनु नितान्त आवश्यक हुनेछ । अनिमात्र दुर्व्यसनी पुर्नस्थापित होलान नत्रभने आज पनि हाम्रा पुर्नसपना केन्द्रमा निश्चित समयावधिमा राखिएका दुर्व्यसनी समुदायमा पुर्नस्थापित हुँदा पुन दुर्व्यसनमा लागेको कथा काठमाडौं उपत्यकाका सबै पुर्नस्थापना केन्द्रमा पाउन सकिन्छ ।