भौतिक पूर्वाधार र स्वास्थ्यमा उदाहरणीय राप्तीसोनारी
Tuesday, June 29th, 2021, 12:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ असार
बाँकेको राप्तिसोनारी गाउँपालिका प्राृकतिक स्रोत साधनले भरिपूणर् स्थानीय तह हो । भौगोलिक क्षेत्रफलका हिसाबले बाँकेको सबैभन्दा ठूलो गाउँपालिका राप्तिसोनारीको दुःखद पक्ष थियो विकासका पूर्वाधारका हिसाबले पछि पर्नु ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि राप्तिसोनारी गाउँपालिकामा भौतिक पूर्वाधारको विकासले तीव्रता त पायो नै, समाजिक विकासमा पनि उल्लेखनीय कामहरु भए । स्थानीय सरकारको पहिलो ४ वर्षमा सडक, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा गाउँपालिकालेमुख्य प्राथमिकता दिएको छ । विकास निर्माण तथा भौतिक पूर्वाधारका काम तीव्ररुपमा भइरहँदा विद्यालयको पहुँचमा नपुगेका बालबालिका, स्वास्थ्य सेवाको पहुँचबाट बन्चित हुनुपर्ने लगायतका समस्याहरू समाधान भएका छन् ।
गाउँ-गाउँमा पिच बाटो
४ वर्षअघि गाउँपालिकाको अधिकांश क्षेत्र दुर्गम थियो । विशेषगरी वडा नम्बर ३, ४, ५, ६ र ७ मा पुग्न कुनै बेला निकै कठिन पनि थियो । मालसामान बोक्नेदेखि सरकारी कामका लागि डुंगा तरेर नेपालगन्ज पुग्नुपर्ने बाध्यता थियो । राप्ती नदीको कम्दीघाट र अगैयामा पक्की पुल र सडक निर्माण भएपछि सदरमुकाम नेपालगन्जसम्मको दूरी घटेको छ । पहिले राप्ती नदीमा पुल नहँुदा मालपोत, नापी लगायत सरकारी कामका लागि सदरमुकाम धाउनुपर्दा स्थानीय नागरिकहरु पीडित थिए । स्वास्थ्य उपचार समयमै नपाउँदाज्यान गुमाउनुपथ्र्यो । राप्ती नदीको अन्य स्थानमा पनि कतै पक्की पुल निर्माण भइरहेका छन् भने कतै निर्माणको सुरसारमा छन् । पुलसँगै हुलाकी सडक स्तरोन्नती भइरहेकाले पनि दुर्गम रहेको राप्तीसोनारीसुगम बनेको छ। गाउँपालिका अध्यक्ष लाहराम थारु भन्छन्, ॅमैले चुनावमा भोट माग्न जाँदा पाँच वर्षमा गाउँपालिकाभित्रका ८० प्रतिशत सडकहरु पिच गरिसक्छु भनेको थिएँ । ८० प्रतिशत नै त भयो म मन्दिन । तर म खुसी के मानेमा छु भने हामी आउँदा अगैया पुलदेखि केही सय मिटरभित्रसम्म मात्रै पिचको नाममा बाटो थियो । अहिले गाउँ भित्रका सडकहरु पनि पिच भएको देख्न पाउनुहुन्छ । हामी भोट माग्न जाँदा गाडि धक्का लगाएर हिड्नुपर्ने बाध्यता थियो । अहिले त्यस्तो अवस्था भएका बाटाबहरु लगभग छैनन् ।’
गाउँपालिकाले पनि कृषि र पशुपालनलाई प्राथमिकतामा राखेको छ । कृषकहरूले उत्पादन गरेका खसीबोका, तरकारी, दूध, अन्डा र कुखुरा लगायतका वस्तुहरू स्थानीय बजार र जिल्ला सदरमुकाम नेपालगन्ज मात्रै होइन काठमाडौं र पोखराजस्ता अन्य ठूला शहरहरुमा समेत निर्यात हुन थालेका छन् ।
अध्यक्ष थारुले भनेजस्तै गाउँपालिकाभित्रका अधिकांश धुलौटे सडकहरु कालोपत्रे सडमा फेरिएका छन् । मट्टितेल र सोलारको भरमा पढ्नुपर्ने बाध्यता भएका बालबालिकाले बिजुली बत्तीको उज्यालोमा पढ्न पाएका छन् ।सडक र बिजुली पुगेपछि स्थानीयहरू व्यावसायिक रूपमा तरकारी खेती, कुखुरापालन र पशुपालनमा लागेका छन् । रोजगारीको लागि विदेश गएका पनि फर्किएर व्यावसायिक कृषिमा लाग्न् थालेका छन् ।
गाउँपालिकाले पनि कृषि र पशुपालनलाई प्राथमिकतामा राखेको छ । कृषकहरूले उत्पादन गरेका खसीबोका, तरकारी, दूध, अन्डा र कुखुरा लगायतका वस्तुहरू स्थानीय बजार र जिल्ला सदरमुकाम नेपालगन्ज मात्रै होइन काठमाडौं र पोखराजस्ता अन्य ठूला शहरहरुमा समेत निर्यात हुन थालेका छन् ।
स्वास्थ्य सेवाको पहुँच बढ्यो
भौतिक विकाससँगै राप्तीसोनारी गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँचमा पनि वृद्धि गरेको छ । विशेषगरी २०७७बाट ‘राप्तीसोनारी अस्पताल’ सञ्चालनमा आएपछि गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँचमा आमुल परिवर्तन आएको गाउँपालिकाको दावी छ । अस्पताल सञ्चालन भएसँगै स्थानीयहरु सहजै स्वास्थ्य सेवाको पहुँचमा आउन थालेका छन् । राप्तीसोनारी-४ बैजापुरमा अस्पताल सञ्चालनमा आएपछि उपचार गर्न टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ । १५ शय्याको अस्पतालमा एक जना एमबिबिएस डाक्टरसमेत नियुक्त गरिएको छ । रिक्त रहेका अन्य दरबन्दी पनि क्रमशः पूर्ति गर्ने गाउँपालिकाको तयारी छ ।अस्पतालसँग हाल १२ कोठे नवनिर्मित भवन रहेको छ ।
गाउँपालिकाले प्रत्येक सुत्केरी महिलालाई पोषण खर्चस्वरुप पाँच सय रुपैयाँ दिँदै आएको छ । त्यसबाहेकस्वास्थ्य संस्थामा सुत्केरी हुँदा १ हजार र चार पटक नियमित गर्भवती चाँच गराएवापत आठ सय रुपैयाँ पाउँछन् । यसरी यसरी नियमित चेकजाँच र स्वास्थ्य संस्थामै सुत्केरी हुँदा एउटा गर्भवती महिलाले दुई हजार ती सय रुपैयाँ पाउँछन् ।
गर्भवती आमाहरु स्वास्थ्य चौकीमै सुुत्केरी हुन आउन भन्ने उद्देश्यले २०७४ सालबाट सुरु भएको सुत्केरी प्रोत्साहन तथा पोषण खर्च कार्यक्रमका कारण नियमितरुपमा चेकजाँचमा पनि नआउने र असुरक्षितरुपमा घरमै सुत्केरी हुने क्रम लगभन शुन्यमा झरेको गाउँपालिकाको भनाई छ ।
गाउँपालिकाले ११० जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेर उनीहरुको हौसला बढाएको छ । उनीहरुलाई मासिक १ हजार रुपैयाँका दरले यातायात खर्च तथा १०० रुपैयाँको रिचार्ज खर्च समेत दिने गरेको राप्तीसोनारी गाउँपालिकाको स्वास्थ शाखाले जनाएको छ ।
यस्तै गाउँपालिकाले सर्पदंश उपचार केन्द्र पनि सञ्चालनमा ल्याएको छ । २९ लाख २६ हजार ३६४ रुपैयाँको लागतमा राप्तीसोनारी-८ सम्शेरगन्जमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । जसमा गाउँपालिकाको २० लाख ५० हजार रुपैयाँ र बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाको लागि खटिएको तत्कालिन श्रीमेहर गणले ९ लाख ६२ हजार ३६४ रुपैयाँ बराबरको प्राविधिक तथा जनश्रमदान लगानी भएको छ । उपचार केन्द्र सञ्चालनमा आएपछि गाउँपालिकाका मात्रै नभएर दाङ्गबाट आउने सर्पदंशका विरामीले समेत उपचार सेवा लिइरहेका छन् । राप्तीसोनारीका ५१ हजार जनसंख्यासर्पदंश उपचार केन्द्रबाट लाभान्वित हुने गाउँपालिका अध्यक्ष थारुले विश्वास व्यक्त गरे ।