लुम्बिनी प्रदेशको आगामी वर्षको बजेटमाथिको छलफल अलपत्र
Friday, July 2nd, 2021, 1:45 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ असार
लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट अलपत्र अवस्थामा छ । बजेट प्रदेशसभामा पेश भएको दुई साता बितिसक्दा पनि छलफल हुन सकेको छैन । आर्थिक वर्ष सकिने केही दिन मात्र बाँकी रहँदासमेत प्रदेशसभामा बजेट छलफलको टुंगो लागेको छैन ।
विपक्षी दलहरुले बजेटमाथिको छलफल गर्न सहमति दिएका छैेनन् । विपक्षि नेताहरु सरकारले चुनाव केन्द्रीय बजेट ल्याएकाले विरोध गरेको बताउने गरेका छन् । विपक्षिहरुले सरकारको वैधानिकतामाथि उठाइरहेका बेला बहुमतले नीति तथा कार्यक्रम पास गरिएको थियो । त्यसपछि असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले ४० अर्ब ९५ करोडको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए । असार ७ गते विनियोजन विधेयक प्रदेशसभामा पेश गर्ने कार्यसूची थियो । सो बैठकमा कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले प्रदेशसभा बहिस्कार गर्ने निणर्य भएको घोषणा गरे ।
त्यसपछि सरकारले बजेट विधेयक सदनमा प्रस्तुत गर्न समेत पाएन । दलहरुबीच सहमति जुट्न नसकेपछि सभाुमख पूणर्बहादुर घर्तीले असार २७ गते बैठक बस्ने गरी सूचना टाँसेर स्थगित गरेका थिए । अझैपनि दलहरुबिच सहमति भैनसेकाले बजेटको छलफल हुने नहुने यकिन छैन ।