लुम्बिनी प्रदेश राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा
Friday, July 2nd, 2021, 3:19 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, १८ असार
कालपृष्ठ डेस्क
नेपालगन्ज, १८ असार
लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी (जसपा) बाट प्रदेशसभा सदस्य समेत रहेकी सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् । जसपाको सरकारलाई सर्मन नरहेकाले सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख छ । उनीसहित जसपाका चार सांसदले समर्थन गरेका कारण मुख्यमन्त्री शंकर पोखरेलको सरकार टिकेको थियो । मुख्यमन्त्री पोखरेलले पनि चार सांसदलाई मन्त्री बनाएका थिए ।
यससँगै, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएका छन् । लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेका ३८ जना छन् । जसपाका ४ जना सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो । तर राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकारको पक्षमा ४१ जना सांसद मात्र हुन पुगेका छन् ।
सरकारलाई बहुमत पुग्न कम्तीमा ४२ साँसद चाहिन्छ । लुम्बिनी प्रदेशसभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४२ जना सांसद सरकारको विपक्षमा छन् ।
हेर्नुहोस् राजिनामा पत्रः