नेपालगन्जको नगरसभाले पारित गर्यो बजेट
Sunday, July 4th, 2021, 3:22 pm
Kalpristha
कालपृष्ठ समाचरदाता
नेपालगन्ज, २० असार
नेपालगन्ज उप-महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेट नगरसभामाले पारित गरेको छ ।
असार १० गते ९ औं नगरसभामा उपप्रमुख उमा थापा मगरले प्रस्तुत गरेको एक अर्ब ५४ करोड ७७ लाख रुपैयाँको प्रस्तावित बजेट आईतबारको नगरसभाले पारित गरेको हो । बजेट पारित भएपछि नगरप्रमुख डा. धवलशमशेर राणाले चारवर्षको अवधिमा नेपालगन्जमा विकास निर्माणले उल्लेख्य गति लिएको बताए । उनले सम्पूणर् जनप्रतिनिधी र कर्मचारीहरुको साथ र सहयोगले प्राप्त गरेको पनि उल्लेख गरे । राणाले नेपालगन्ज उप-महानगरपालिकामा भ्रष्टाचार करिब निर्मुल पारिएकोसमेत दाबी गरे ।
नगरसभाले बजेटका साथै विभिन्न प्रस्ताव पनि पारित गरेको छ । वडा नं. ७ मा कन्या कलेज सन्चालनका लागि विनियमावली, फुल्टेक्रास्थित नेपाली सेनाको फिए रहेको स्थानमा खेलकुद एकेडेमी निर्माणका लागि प्रस्ताव पनि नगरसभाले पारित गरेको छ ।
नगरसभाले कर्मचारीहरुको वृत्ति विकास लगायतका आवश्यक निणर्य, सुशासन समितिका संयोजक नरबहादुर विष्ट र साझेदारी विकास कार्यदलका संयोजक कार्यपालिका सदस्य कौशलकुमार धोवीले प्रस्तुत गरेको प्रतिवेदन पनि पारित भएको छ । नगरसभाले एडिबीको थप परियोजनाका लागि आग्रह गर्ने निणर्य पनि गरेको छ ।
नगरसभामा उत्कृष्ठ कार्य सम्पादन गर्ने कर्मचारीहरु युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापा, योजना शाखा प्रमुख बज्रभुषण झा, जिन्सी शाखा प्रमुख विमल गुरुङ, जनस्वास्थ्य निरिक्षक विनोद विक, लेखा शाखाका दुर्गा पौडेल, सुभास थापा लगायतका कर्मचारीहरुलाई नगर प्रमुख डा. राणा र प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मीले सम्मान समेत गरेका छन् । यसैगरी सेवा निवृत्त कर्मचारीहरुलाई समेत सम्मान गरिएको प्रशासन प्रमुख राजन केसीले जानकारी दिए ।


